राष्ट्रिय

‘पर्यटन विकासका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक’
-न्युजभित्तो

पोखरा, २४ असोज । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । पोखरा पर्यटन परिषद्ले दसँै, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बरालले पर्यटन आर्थिक समृद्धिको आधार भएकाले निजी...

लुम्बिनीमा कांग्रेस र माओवादीले टुंगाए मन्त्रीको नाम, आज सपथ
-न्युजभित्तो

बुटवल,२४ असोज । लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ । कांग्रेसबाट ऊर्जा, जलस्रोत...

सुन प्रतितोला रु एक सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं,२४ असोज । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । नेपाल...

पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस हुँदै
-न्युजभित्तो

काठमाडौं,२४ असोज । विश्वको नवौँ अग्लो स्थानमा पर्ने यहाँको पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्डसहितका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि ट्रेल रेस प्रतियागिता गरिने भएको छ । बागमती प्रदेशको खेलकुद विकास परिषद् र पाँचपोखरी खेलकुद विकास समितिद्वारा संयुक्तरूपमा आयोजित पाँचपोखरी विन्टर अल्ट्रा...

बागमती प्रदेश सभाको बैठक आज बस्दै
-न्युजभित्तो

 हेटौंडा,२४ असोज । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो । यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै...

प्रहरी हिरासतमा एक युवाले गरे आत्महत्या, स्थानीयद्वारा प्रदर्शन
-न्युजभित्तो

काठमाडौँ,२४ असोज । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासत एक युवकले आत्महत्या गरेका छन् । केही दिन अगाडि पक्राउ परेका नरसिंह गाउँपालिका–५ का हकिव मियाँले प्रहरी कार्यालयभित्रको हिरासतमा पासो लगाएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । इनरुवा–९...

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
-न्युजभित्तो

काठमाडौँ,२४ असोज । पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान करिब ७ः३० बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग२ख ३३५ नंको ट्रकले ठक्कर दिँदा बगनासकाली–२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला...

प्रधानमन्त्री देउवाद्वारा साक्षर गण्डकी प्रदेश घोषणा गरिँदै
-न्युजभित्तो

गण्डकी, २४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउनुहुने भएको छ । पोखरामा उहाँ गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा समारोहका साथै पार्टीका कार्यक्रममा सहभागी हुनुहुनेछ । कार्यक्रम अनुसार १०।३०...

दसैँका लागि उपत्यका छाड्नेको सङ्ख्या बढ्न थाल्यो
-न्युजभित्तो

काठमाडौँ,२४ असोज । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्न थालेको छ । यही असोज १ देखि सात गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ...

सन्दर्भ : विश्वमानसिक स्वास्थ्य दिवस ‘तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोगको कारक’
-न्युजभित्तो

चितवन, २४ असोज । तनावपूर्ण र अस्वस्थ जीवनशैली मनोरोग बढाउने मुख्य कारक रहेको चिकित्सकले बताएका छन् । सामाजिक, आर्थिक, वातावरणीय प्रभाव र कुलतका कारण पनि मनोरोग हुने उनीहरुको भनाइ छ । समयमै उपचार गरेमा रोगबाट बच्न सकिने जनाइएको छ...