सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज पूर्वी र मध्य नेपालमा भारी वर्षाको सम्भावना, मौसम सफा हुन अझै केही दिन लाग्ने


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार ०८:१७ 
  • काठमाडौं, ३ कात्तिक। जारी वर्षा अझै केही दिन कायम रहने भएको छ । शुक्रबारसम्म देशका विभिन्न स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । महाशाखाका अनुसार आज पूर्वी नेपालमा भारी वर्षाको सम्भावना रहेको छ । आइतबारदेखि पश्चिम नेपालमा भारी वर्षा भएको थियो । आज वर्षा पूर्वी नेपालमा सरेको छ । यद्यपि पश्चिममा पनि हल्कादेखि मध्यम वर्षा कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बुधबार प्रदेश प्रदेश १, २, बागमती प्रदेश, र गण्डकी प्रदेशका धेरै स्थानहरू र अन्य प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । जसमध्ये प्रदेश १, प्रदेश २, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुनेछ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरूमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । भारी वर्षा हुने स्थानमा बाढीको सम्भावना हुने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सचेत गराएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.