सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै


  •    न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार १६:३२ 
  • कैलाली,२ कात्तिक। कर्णाली नदीमा आएको बाढी गाउँ पसेको छ । टीकापुर नगरपालिका -५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बाढीबाट सयौँ परिवार विस्थापित हुन थालेको बताएका छन् ।

    ‘भरखरै नदी गाउँ पसेको हो’ उनले भने ‘अहिले स्थानीय सुरक्षित स्थल सम्म जान थालेका छन् ।’ नदीमा बाढी आएकाे कारण टीकापुरको दक्षिणका तल्लो शाहीपुर, सिम्रनी, सत्ती, बनगाँऊ, बटनपुर लगायतका बस्ती डुबानमा परेको छ । उनीहरूलाई राष्ट्रिय मावि बसन्तामा राख्ने काम भइरहेको छ ।

    अहिले पनि नदीमा बहाव बढिरहेको प्रहरीले जनाएको छ । अहिले पानीको सतह १२.६० मिटर पुगेको छ । यहाँ १० मिटरभन्दा माथि पुगे सतर्कता तह र १०.८० पुगे खतराको तह मानिन्छ ।

    कर्णालीको पानी गाउँ पस्दा टीकापुरमा मात्रै होइन जानकी गाउँपालिका पनि प्रभावित भएको छ । जानकी गाउँपालिका-९ पूर्वी खैरी फाँटमा ५० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.