सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको नयाँ नीतिले नेपालका वनस्पति तेल उद्योग संकटतर्फ


  •    न्युजभित्तो/२ कार्तिक २०७८, मंगलवार १४:१८ 
  • काठमाडौं,२ कात्तिक । नेपालले केही वर्षदेखि ठूलो परिमाणमा निर्यात गर्दै आएको प्रशोधित वनस्पति तेलमा भारतले लगाम लगाएको छ । गत असोज २५ गते भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले वनस्पति तेलको भन्सार शुल्क संशोधन गरेपछि वाषिर्क ५६ अर्ब रुपैयाँ भन्दा बढीको निर्यात हुने तेलको बजार खोसिएको नेपाली उद्योगीहरुले बताएका छन् ।

    भारतले राजपत्रमा सूचना प्रकाशित गरेर यस्ता प्रकारका तेल आयातमा लगाएको साफ्टा बाहेकको प्रतिबन्ध फुकवा गर्नुकासाथै भन्सार महशुल प्रतिमेट्रिकटन ४९।५ प्रतिशतबाट घटाएर ४१।२५ प्रतिशतमा झारेको छ ।

    भारत सरकारको पछिल्लो नीतिका कारण नेपालबाट भारत निर्यात हुने भटमास, सूर्यमुखी र पाम तेलको निर्यात प्रभावित हुने नेपाल वनस्पति घ्यु तेल उत्पादक संघले जनाएको छ । गत आर्थिक वर्ष मात्रै नेपालबाट ५५ अर्ब ९५ करोड रुपैयाँ भन्दा बढीको यस्तो प्रकारको तेल निर्यात भएको थियो ।

    भारतले यस्तो तेलमा लाग्दै आएको भन्सार महसुल घटाएपछि नेपाली व्यापारीले भारततर्फ तेल निकासीमा प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था सिर्जना भएको संघका अध्यक्ष सन्दीपकुमार अग्रवालले बताए ।

    ‘नेपालबाट भारत निर्यात हुने तेल कुनै हालतमा नाफामा बिक्री गर्न नसकिने अवस्था आयो, तेल बिक्री त गर्न सकिएला तर घाटामा,’ अध्यक्ष अग्रवालले भने । बिस २०६५ सालमा भारतको यस्तै नीतिका झण्डै १० वर्ष धरासायी भएको नेपाली तेल उद्योग यसपटक पनि सोही नीतिको शिकार भएको उनले बताए ।

    भन्सार महसुल न्युन भएपछि नेपालले तेस्रो मुलुकबाट आयात गरेर प्रशोधन गरेर निकासी गर्ने तेल महँगो पर्ने उद्योगी अविनाश बोहोराले बताए । ‘भारतको सामुन्द्री पोर्ट नजिकै यस्ता ठूलो क्षमताका उद्योग धेरै छन्, जससँग घटेको भन्सार शुल्कमा हामीले प्रतिस्पर्धा गर्नै सक्दैनौं,’ बोहोराले भने । भारतको वाणिज्य नीति अप्रत्यासित रुपमा आएको भन्दै बोहोराले यसबाट २ खर्ब लगानीका २९ नेपाली उद्योग गम्भीर संकटमा पर्ने बताए ।

    मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दराकाअनुसार भारतीय नीतिका कारण व्यवसायीहरु ठूलो संकटमा फस्ने छन् । भारतको नीतिले वनस्पति तेलको उत्पादन गर्ने मुलुकहरुबाट ठूलो परिमाणमा भारतमै रहेका उद्योगले कच्चा पदार्थ आयात गर्न सक्ने र ति उद्योगसँग नाफा हुने मूल्यमा नेपालले प्रतिस्पर्धा गर्नै नसकिने उनले बताए ।

    नेपालले ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर तेल निकासी गर्ने गरेकोमा अब पूर्ण घाटामा मात्रै भारतमा तेल पठाउन सकिने अवस्था बनेको अध्यक्ष मुन्दराले बताए । ‘एकाएक भारतीय निर्णय आएपछि व्यवसायीहरु आत्तिएको र आन्तरिक छलफल सुरु भएको छ, नेपाली उद्योगीको ठूलो लगानी जोखिममा परेको छ,’ मुन्दराले भने ।

    वनस्पती तेलको निर्यात प्रभावित हुनेगरी आएको भारतीय नीतिबारे भने वाणिज्य मन्त्रालयले अनविज्ञता प्रकट गरेको छ । दशैं बिदाकै बेला यस्तो निर्णय आएको हुनसक्ने भन्दै वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले सोमबारसम्म औपचारिक रुपमा कुनै जानकारी प्राप्त नभएको बताए ।

    वनस्पति तेलको निर्यात प्रभावित हुने भारतीय वाणिज्य नीतिबारे कुनै जानकारी नआएको भन्सार विभागले पनि जनाएको छ । सोमबारसम्म कुनै औपचारिक जानकारी विभागलाई प्राप्त नभएको विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काले बताए ।

    चालू आर्थिक वर्षको दुई महिनामा मात्रै नेपालबाट भटमास र पाम गरेर २० अर्ब रुपैयाँ बराबरको तेल भारत निर्यात भएको थियो । भन्सार विभागका अनुसार यसमा भटमासको तेलको हिस्सा १६ अर्ब रुपैयाँको छ भने ४ अर्ब रुपैयाँ बराबरको पाम तेल भारत निकासी भएको थियो ।

    साफ्टा सुविधाअन्तरगत भन्सार सहुलियतको फाइदा उठाउँदै नेपालका उद्योगीले ब्राजिल, अर्जेन्टिना र युक्रेन लगायतका देशबाट कच्चा पदार्थ आयात गरेर वनस्पति तेल भारत निर्यात गर्दै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गाउँमै चिस्यान केन्द्र सञ्चालन भएपछि कृषक उत्साहित
    तुइन खोलामा पहिरो
    भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु
    • विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
    • रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
    • सुनचाँदी बजारः सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
    • ट्राफिक कारबाहीबाट पाँच लाख ६५ हजार राजस्व सङ्कलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.