राष्ट्रिय

इलाममा प्रधानमन्त्रीले भेटे बाढीपहिरोबाट मृतकको परिवार
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकनका लागि आइतबार इलाम पुगेका छन् । उनले इलाममा बाढी र पहिरोका कारण ज्यान गुमाएका परिवारका सदस्यलाई पनि भेटेका छन् । यसअघि गत बिहीबार र शुक्रबार प्रधानमन्त्री देउवाले बाढी प्रभावित...

तीन सय बाढीपीडित परिवारलाई राहत दिँदै एनआरएनए
-न्युजभित्तो

महेन्द्रनगर, ७ कात्तिक । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र १३ का साथै दोधाँरा–चाँदनीमा बाढी प्रभावित बस्तीका बासिन्दालाई पहिलो चरणमा आज साँझदेखि राहत दिइने एनआरएनएका राहत कार्यक्रम संयोजक...

तत्काल राहतको व्यवस्था गरिनुपर्छ : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

भजनी, ७ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाढीपीडितलाई तत्काल राहतको व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । कैलालीको टीकापुरमा आज आयोजित एक कार्यक्रममा उहाँले बाढीपीडित क्षेत्रमा तत्काल राहतको व्यवस्था गरिनुपर्ने र दीर्घकालीनरुपमा राहतको प्याकेज घोषणा गरिनुपर्ने बताउनुभएको हो...

सर्लाहीको नवलपुरमा नयाँ विद्युत् सबस्टेसन सञ्चालनमा
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणले ठूलो क्षमताको सबस्टेशन सञ्चालनमा ल्याएको छ । सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२÷३३ केभीको सबस्टेसन निर्माण भएको प्राधिकरणले जनाएको छ । सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई...

बेमौसमी वर्षाले राष्ट्रिय राजमार्गमा १ अर्ब बढीको क्षति
-न्युजभित्तो

काठमाडौं,७ कात्तिक । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले कात्तिक १ गतेयता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार बेमौसमी...

सुदूरपश्चिमको पहाडी जिल्लामा उडान सुरु
-न्युजभित्तो

गोदावरी, ७ कात्तिक । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला...

चार जिल्ला जोड्ने केआइसिंह राजमार्ग खुलाउन काम सुरु
-न्युजभित्तो

डडेल्धुरा, ७ कात्तिक । वर्षापछि पहिरो खस्दा अवरुद्ध भएको डडेल्धुरा–डोटी जोड्ने डा केआइसिंह राजमार्ग खुलाउन काम सुरु गरिएको छ । राजमार्गअन्तर्गत डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवा नजिक सडक पहिराले भत्किएको थियो । करिब २०० मिटरजति सडक पहिराले भत्किएपछि राजमार्ग अवरुद्ध छ...

प्रदेश १ : प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
-न्युजभित्तो

विराटनगर,७ कात्तिक । सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको...

सीमित जनशक्तिमा चलेको पशुपति होमियोप्याथिकमा बिरामीको आकर्षण
-न्युजभित्तो

काठमाडौँ, ७ कात्तिक । नेपालकै एकमात्र पशुपति होमियोप्याथिक चिकित्सालयमा दैनिक ३०० सम्म बिरामी आउने गरे पनि जनशक्ति अभावमा उपचार गर्न धौधौ हुने गरेको छ । एक स्थायी र दुई करारका चिकित्सकबाट चिकित्सालय सञ्चालन भइरहेको छ । मागअनुसारको सेवा दिन कम्तीमा...

बाढी प्रभावितलाई छिटोभन्दा छिटो राहत प्याकेजको घोषणा गरिने : प्रधानमन्त्री
-न्युजभित्तो

इनरुवा, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताउनुभएको छ । केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा...