सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

किसानको सहभागितामा लगत सङ्कलन गरी राहत दिन माग


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १४:२९ 
  • काठमाडौँ, १२ कात्तिक । अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले वर्षा, बाढी, पहिरो तथा डुबानबाट पीडित किसानको सहभागितामा तत्काल लगत सङ्कलन गरी क्षतिका आधारमा क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

    सरकारले बुधबार बाढी पहिरो पीडित किसानलाई राहत दिने निर्णय गरिसकेको सन्दर्भमा महासङ्घले घोषित राहत प्याकेज जनताले अनुभूति गर्ने गरी तत्क्षण कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

    सरकारले घोषणा गरेको राहत प्याकेज किसानले प्राप्त गर्ने वा प्राप्त हुने कुराको सुनिश्चितता गर्न अनुरोध गर्दै महासङ्घले प्राकृतिक विपद् तथा कृषि क्षेत्रलाई असर पार्ने विभिन्न समस्या समाधानका लागि दीर्घकालीन सोचसहितको योजना जरुरी रहेकामा जोड दिएको छ ।

    वास्तविक उत्पादक किसानलाई सहज तथा सरल तरिकाले तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन हरेक वर्ष कम्तिस्मा रु पाँच अर्ब बराबरको बजेट विनियोजन गरी ‘किसान राहत कोष (कृषि सहायता कोष)’ स्थापना गर्न अनुरोध गरिएको महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँले मौसम पूर्वानुमानका कार्य र सूचना तथा जानकारीलाई स्थानीय निकायमार्फत किसान र आम जनताको पहुँचमा पु¥याउन सरकारसँग माग गरिएको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.