सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

केपी ओली चितवन आउँदै, भरतपुर हुँदै टाँडीदेखि माडीसम्मका कार्यक्रममा सहभागी हुने


  •    न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १४:४१ 
  • चितवन, १२ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली चितवन आउँदै हुनुहुन्छ । उहाँले जिल्लाका भरतपुर, टाँडी र माडी लगायतका क्षेत्रमा हुने कार्यक्रमा सहभागी हुने कार्यक्रम रहेको छ ।

    एमाले भरतपुर महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार कात्तिक १५ गते हुने महानगर कमिटीको अधिवेशन अध्यक्ष ओलीले उद्घाटन गर्नुहुनेछ । उहाँका अनुसार भरतपुरको सिएमटि (पुरानो स्टार बैङ्कैट होटल) हाकिमचोकमा बिहान ११ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

    एमाले जिल्ला अध्यक्ष पार्वती रावलका अनुसार अध्यक्ष ओलीले महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनार, बन्द सत्र हुने सौराहाको स्थलगत अवलोकन गर्ने कार्यक्रम रहेको छ । यस्तै माडीको राममन्दिरको पनि अध्यक्ष ओलीले स्थलगत अवलोकन गर्नुहुनेछ ।

    अध्यक्ष ओली दुई दिन चितवन रहने कार्यक्रम रहेको छ । यसबीचमा पार्टीका अन्य गतिविधिमा समेत सहभागी हुने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.