राष्ट्रिय

रगत होइन, पसिना बगाऊँ : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई अविकास, पछौटेपन र गरीबीको दुष्चक्रबाट उन्मुक्त बनाउँदै स्वाधीन, समुन्नत र समृद्ध देशको रूपमा स्थापित गर्न अबको पुस्ताले श्रम र पसिना बगाउनुपर्ने बताउनुभएको छ । गणतन्त्र दिवसको उपलक्ष्यमा हेटौँडामा आज...

आज १२औँ गणतन्त्र दिवस, यस्तो छ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको सन्देश

काठमाडौँ । आज १२औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । जनआन्दोलन २०६२/०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । २३८...

स्थानीय तहमा खाने हो जागिर ? बुधबार नौ हजार कर्मचारीका लागि विज्ञापन खुल्दै

काठमाडौँ । लोकसेवा आयोगले बुधबार (भोलि) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गर्न थालेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद...

भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली...

वर्तमान सरकार पाँच वर्षसम्म चल्छ : अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वर्तमान सरकार पाँच वर्षसम्म निरन्तर चल्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा सरकारले प्रभावकारी रुपमा कार्य अगाडि वढाइरहेको हुनाले नेतृत्व परिवर्तनको...

पत्रकार त्रिपाठीलाई ‘स्वतन्त्र राष्ट्रिय अभियान’को केन्द्रीय प्रवक्ताको जिम्मेवारी

काठमाडौं । भ्रष्टाचार र बिसंगति बिरुद्ध जागरण ल्याउन गठित ‘स्वतन्त्र राष्ट्रिय अभियान नेपाल’ को केन्द्रीय प्रवक्तामा पत्रकार विनोद त्रिपाठीलाई जिम्मेवारी तोकिएको छ । पत्रकारितासँगै देश र जनताका लागि अभियन्ता बनेर स्वतन्त्र राष्ट्रिय अभियानमा खटिने पत्रकार त्रिपाठीले जनाएका छन् ।...

विप्लबको मूल निशाना उपत्यका : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेकपा ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको...

बन्दले जनजीवन प्रभावित, गुडिरहेको ट्रकमा पेट्रोल बम हान्दा चालक घाइते, सेनाद्वारा बम निष्क्रिय

चितवन । नेकपा विप्लब समूहले आज आव्हान गरेको नेपाल बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ । राजधानीलगायत मुख्य शहरहरुका बजार बन्द छन् भने मुख्य राजमार्गमा गाडी गुडेका छैनन् । मोटरसाईकल, अटो रिक्सा जस्ता साना सवारीका साधन मात्र थोरै...

विष्फोटक पदार्थसहित विप्लव समूहका सात जना पक्राऊ

काठमाडौँ । प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाका आधारमा हिजो साँझ उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभएको छ । पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर...

घट्टेकुलोको बिष्फोटमा ज्यान गुमाउने शाही अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य

काठमाडौँ । काठमाडौँको घट्टेकुलोमा बम बिष्फोटमा ज्यान गुमाउने नेकपा बिप्लब सम्बद्ध अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य प्रज्वल शाही रहेको खुलेको छ । कालिकोट घर भएका शाही अखिल क्रान्तिकारीको केन्द्रीय सदस्यका साथै संगठनको सिटीइभिटी उपत्यका कमिटीका अध्यक्षसमेत रहेका थिए । घट्टेकुलोको एउटा...