सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीपहिरोमा ज्यान गुमाउनेको सङ्ख्या ४३ पुग्यो, २४ बेपत्ता, ११०४ जनाको उद्धार (अपडेट)


  •    /२८ असार २०७६, शनिबार २२:२२ 
  • काठमाडौँ । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानारी दिनुभयो ।

    उहाँका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहिलेसम्म एक हजार एक सय चार जनाको उद्धार गरिएको छ ।

    यो समाचार तयार पार्दासम्म ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा र काभ्रेमा तीन–तीन, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक मध्ये १८ जना महिला र २५ जना पुरुष रहेको जनाइएको छ ।

    बाढीपहिरोमा परी मकवानपुरमा चार, धनकुटामा तीन, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई, दुई, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक गरी २० जना घाइते भएका छन् ।

    यस्तै सिन्धुलीमा छ, इलाम र मोरङ्गमा तीन–तीन, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौँ र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । सुरक्षाकर्मीले अहिले पनि उद्धार कार्य भने जारी रहेको जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मदन–आश्रितप्रति दासढुंगामा यसरी व्यक्त गरियो श्रद्धासुमन
    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    • गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.