सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारको  निर्णय : ज्यान गुमाउनेका परिवारलाई राहत, घाइतेको उपचार


  •    /२९ असार २०७६, आईतवार २२:०४ 
  • काठमाडौँ /  सरकारले अविरल वर्षासँगै मुलुकका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ज्यान गुमाउने व्यक्तिका परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र घाइतेको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको छ ।    
        
    प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित सबै निकाय तथा जनशक्ति परिचालित भई तत्काल अत्यावश्यक राहतका कार्य तदारुकताका साथ गर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।    
        
    बैठकले घाइतेको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने निर्णय गरेको जानकारी दिँदै उहाँले घाइतेको उपचारमा कुनै कमीकमजोरी हुन नदिने, घाइते भई अपाङ्ग तथा अशक्त हुने र मृतकका परिवारका सदस्यलाई सरकारले यथोचित व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले बताउनुभयो ।    
        
    मन्त्री बाँस्कोटाले भन्नुभयो, “प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन औषधि उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली तुरुन्तै परिचालन गर्ने, विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवा सुचारु बनाउन र थप क्षति हुन नदिन सम्बन्धित निकायले पूर्ण सतर्कता अपनाउने एवं आवश्यक कदम चाल्ने बैठकले निर्णय गरेको छ ।”    
        
    केही दिनदेखि भइरहेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण भएको जनधनको क्षति, यातायात, सञ्चार र विद्युत् सेवा अवरुद्ध हुनुका साथै जनजीवन प्राभावित भएको छ । सो घटनामा परी मुलुकका विभिन्न स्थानमा हालसम्म ५१ जनाको मृत्यु, ३१ जना बेपत्ता, २८ जना घाइते, १० हजार ३८५ घरुधुरी विस्थापित र ठूलो मात्रामा आर्थिक क्षति भएको सरकारले जनाएको छ ।    
        
    बैठकले उक्त दुःखद् घटनामा परी ज्यान गुमाउने मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गर्ने, प्रभावित शोकसन्तप्त परिवानजनप्रति गहिरो समवेदना प्रकट गर्ने तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको छ ।    
        
    त्यस्तै यातायात आवागमनलाई सुचारु गर्न रक्षा, गृह र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समन्वय गरी आवश्यक र सम्भव कदम चाल्ने, उद्धार र राहतलगायत कार्यमा आवश्यक सहयोग पु¥याउन जनप्रतिनिधिलाई आग्रह गर्ने निर्णय गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । बैठकले यस दुःखद् परिस्थितिमा सबै सरकारी निकाय, निजी क्षेत्र सामाजिक क्षेत्र तथा गैरसरकारी सङ्घसंस्थालाई समन्वयात्मक रुपमा परिचालन गरी विपद् प्रभावितको उद्धार राहत, उपचार एवं खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।    
        
    गृह मन्त्रालयको समन्वयमा विपद्बाट भएको क्षतिको विवरण यथाशीघ्र तयार गर्ने, मूल्याङ्कन गर्ने, तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनःनिर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा थप आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो । बैठकले घटनालगत्तै उद्धार र हेरविचार गर्ने, राहत उपलब्ध गराउने, अस्पताल तथा स्वास्थ्य संस्थामा पु¥याउन सहयोग गर्ने, उपचार गर्ने, सुरक्षा दिने, समाचार सम्प्रेषण गर्नेलगायतका कार्यमा स्वतस्फूर्त परिचालित भई सहयोग गर्ने सरोकारवाला सबैलाई सरकारका तर्फबाट धन्यवाद दिने निर्णय गरेको छ ।    

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 
    रासस गण्डकी प्रदेश प्रमुख पौडेल सम्मानित
    गोरखामा पूर्वप्रधानमन्त्री डा भट्टराईको उम्मेदवारी फिर्ता
    • उत्साहित छन् नयाँ मतदाता
    • रुपन्देही–२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
    • मिथिलाञ्चलमा आज ‘हलो र गोरु पूजा’
    • साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.