सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोल्पाको पहिरोमा हराइरहेका मध्ये दुईको शव भेटियो, नौ जना अझै बेपत्ता


  •    /२९ असार २०७६, आईतवार १७:४१ 
  • जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सिमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ भने अझै नौ जना बेपत्ता रहेका छन् ।

    खराब मौसमका कारण खोजीकार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । शनिबार दिउँसो साढे दुई बजे ५० मिटरमाथिबाट आएको पहिरोले झण्डै १५ भन्दा बढी घर जोखिममा परेका छन् । पहिरोका कारण काशिल लघुजलविद्युत् आयोजनाको पाइपलाइन बगाएपछि विद्युत् सेवासमेत अवरुद्ध भएको छ । जिल्ला सदरमुकामबाट झण्डै ४५ कोष टाढाको दूरीमा रहेको काशिलस्थित बस्तीमा सदरमुकामबाट गएका सुरक्षाकर्मी ्लगायतको टोली आज बिहान मात्र पुगेको थियो ।

    टेलिफोन सेवा उपलब्ध नभएको सो ठाउँमा अग्ला डाँडामा गएर मात्र सम्पर्क गर्न बाध्य भएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो । अहिलेसम्म ४३ वर्षीय धर्मराज बोहोरा र चन्द्राकुमारी सार्कीको शव फेला परेको छ । माथि गाउँ र तल मुड्केचुला नदीको कटानका कारण अहिले बस्ती नै जोखिममा परेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय र ईलस्थित प्रहरीचौकीमा सामान्य सम्पर्क भए पनि पहिरो गएको ठाउँबाट सिधा सम्पर्क गर्न समस्या भएको उहाँले बताउनुभयो ।

    अध्यक्ष शाहीका अनुसार बाढीमा परी बेपत्ता हुनेमा वडा नं– १ का १२ वर्षीया धनरुपा बोहोरा, १२ वर्षीया सरिका बोहोरा र वृहस्पति बोहोरा, १३ वर्षीया सुना सार्की, २३ वर्षीय पञ्चे सार्की, २३ वर्षीया साउनी विक र रङ्गी बोहोरा, कालीबहादुर बोहोरा, लभकुमार रोकाय र नाम नखुलेको एकजना बच्चासहित नौ जना हुनसक्ने आँकलन गरिएको छ ।

    घट्टामा अन्न पिस्न गएका बालबालिका पहिरोमा परेका थिए । सदरमुकाम दुनैबाट प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरी र प्रहरी नायब उपरीक्षक अभदेश विष्टको नेतृत्वमा नेपाली सेना, प्रहरी र सशत्र प्रहरीको ३५ जनाको टोली शनिबार बेलुकी नै घटनास्थलतर्फ गएको भए पनि आज बिहान मात्र पुगेको अध्यक्ष शाहीले बताउनुभयो ।

    दुनैबाट घटनास्थल पुग्न एक दिन लाग्छ । बाढीले १५ वटा पानीघट्टा बगाएको छ । घटनास्थलमा उद्धार र व्यवस्थापनका लागि मौसम सुधार हुने वित्तिकै हेलिकप्टर लिएर थप सहयोग गर्न लागिएको पूर्व शान्तिमन्त्री तथा प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताउनुभयो । जाजरकोट नलगाड नगरपालिकाबाट नजिकपर्ने सो स्थानमा फोन सेवा उपलब्ध छैन ।

    सडक सञ्जालसँग नजोडिएको उक्त ठाउँ निकै जटिल भूगोल र चट्टानले बनेको छ । चट्टानको बीचमा घोडेटो बाटो निर्माण गरी मुड्केचुला गाउँपालिका र जगदुला गाउँपालिका जाने गरिन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पार्टीमा देखिएका समस्यालाई समाधान निकाल्न नेतृत्व सक्षम छ: उपाध्यक्ष पौडेल
    चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
    १० वर्ष कोरिया बसेर स्वदेश फर्केका रामप्रसाद कृषि पेशामा,वार्षिक आठदेखि १० लाख आम्दानी
    • नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
    • कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
    • राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
    • रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.