सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पहिरोबाट ज्यान गुमाउनेको सङ्ख्या ४८ पुग्यो, ३५ बेपत्ता, २५ घाइते


  •    /२९ असार २०७६, आईतवार १२:१८ 
  • काठमाडौँ । अबिरल वर्षापछि आएको बाढी पहिरो र डुवानका कारण अहिलेसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

    प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २१ महिला र २७ पुरुषको ज्यान गएको छ । आज बिहानसम्मको विवरण अनुसार २५ जना घाइते भएकाले उनीहरुको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३५ जना बेपत्ता भएका छन् । अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको छ ।

    प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा सात, प्रदेश नं– ३ मा १२, प्रदेश नं– ५ र ६ मा दुई­/दुई र उपत्यकाको दुई जिल्लामा आठ गरी ४८ जनाको ज्यान गएको हो ।

    उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाले ज्यान गुमाएका छन् । प्रदेश नं– १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापामा दुई, सुनसरी, उदयपुर, इलाममा एक/­एक जनाको ज्यान गएको छ ।

    प्रदेश नं– २ अन्तर्गत धनुषा र बारामा दुई­/दुई तथा पर्सा, रौतहट, सिरहामा एक­/एक गरी सात जनाको मृत्यु भएको छ । प्रदेश नं–३ अन्तर्गत काभ्रे, मकवानपुरमा तीन­/तीन, सिन्धुली र धादिङमा दुई/दुई तथा रामेछाप र चितवनमा एक/­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    यस्तै प्रदेश नं– ५ को पाल्पा र दाङमा एक/­एक तथा प्रदेश नं– ६ को डोल्पामा दुई जनाको मृत्यु भएको छ ।

    बेपत्ता हुनेमा काठमाडौँ र ललितपुरमा एक/­एक जना, प्रदेश नं– १ को पाँचथर, झापा, उदयपुर र सुनसरीमा एक/­एक तथा मोरङ र इलाममा तीन­/तीन जना छन् । प्रदेश नं– २ को पर्सा, रौतहट, महोत्तरी, सिरहा,र धनुषामा एक÷/एक जना बेपत्ता छन् । प्रदेश नं– ३ को सिन्धुलीमा ६ जना र धादिङमा एकजना बेपत्ता छन् ।

    यस्तै प्रदेश नं– ६ को डोल्पास्थित कासिल खोलाले बगाएर ११ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं– १ मा आठ, प्रदेश नं– ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट १९४ जना, प्रदेश नं– १ बाट १२ जना, प्रदेश नं– २ बाट ८२७ जना, प्रदेश नं– ३ बाट ७१ जनाको उद्धार गरेको जनाएको छ । अहिले पनि उद्धारकार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.