सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती


  •    /२९ असार २०७६, आईतवार ०८:२० 
  • काठमाडौँ । एकजना घाँसीको प्रेरणाबाट नेपाली भाषाको चौतर्फी विकासमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रा आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती, आज ‘भानु जयन्ती’ ।

    भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि. सं. १९२५ असोज ६) नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा भएको थियो। उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए । उनले प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षालगायतका कृतिहरू लेखेका छन् । उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन ।

    रामायण खण्डकाव्यलाई संस्कृतबाट नेपालीमा उल्था गर्ने ठूलो र महत्वपूर्ण जमर्को गरेका भानुभक्त आचार्य नेपालका प्रथम महत्त्वपूर्ण कवि अर्थात आदि कविका रुपमा चिनिन्छन । संस्कृत बुझ्ने र पढ्न सक्नेको मात्र सीमित पहुँचमा रहेको रामायणलाई नेपाली भाषामा रुपान्तरण गरेर भानुभक्तले नेपाली समाजलाई ठूलो र अमर उपहार दिएका छन् ।

    भानुभक्तका कृतिहरुमा नेपाली समाज र परिवेशको मिठास आउने गर्दछ । समाजका यथार्थपरक घटना र परिवेषलाई चित्रण गर्दै साहित्यमा उतार्ने भानुभक्तका लेखाइमा सरलता, धार्मिकता र राष्ट्रियताको अद्भूत संगम पाईन्छ । कतिपय भानुभक्तका रचना र सृजनाहरु कवि मोतिराम भट्टले जर्गेना र प्रचार प्रसार गरेका छन्, यस अर्थमा मोतिराम भट्ट र भानुभक्त दुवैको नाम अन्योन्याश्रित रहेको पनि पाइन्छ ।
    भरजन्म घाँसतिर मन दिई धन कमायो

    नाम् केही रहोस् पछि भनि कुवा खनायो

    घाँसि दरिद्र घरको तर बुद्दि कस्तो

    म भानुभक्त धनी भइकन आज एस्तो

    पन्ध्रौं शताब्दीमा खस राज्यको पतन पश्चात खस भाषा पनि बोलीचालीमा मात्रै सिमित थियो जुनबेला कुनै पनि औपचारिक परिवेषमा या लिखितममा खस भाषाको प्रयोग हुँदैनथ्यो । दक्षिण एसिया अझ नेपालमा संस्कृत भाषाको विशेष पकड थियो । सँस्कृतमा लेखिएको रामायणलाई पढेर सुनाइएपनि समाजमा अधिकांशमा साक्षरता नभएकाले कसैले बुझ्दैनथे तर भानुभक्तले बोलीचालीको नेपाली सरल भाषामा रामायण ल्याएपछि भाषा र साहित्यमा सामान्य मानिसहरुको पहुँच र प्रेम बढेर गएको पाइन्छ ।

    इतिहास र भानुभक्त रामायणका पानाहरु अहिले पनि साक्षी छन् जसमा उनले रामायणका हरफहरुलाई अत्यन्तै मिठा छन्दमा प्रस्तुत गरेको पाइन्छ जसलाई सुन्ने जो कोहीलाई त्यो कुनै कविता या गीत नै हो जस्तो भान हुन्छ ।

    भानुभक्त युवक छँदा एकदिन उनको भेट एकजना घाँसीसँग भयो, धनी परिवारका भानुभक्त र गरिब घाँसीसँगको त्यो भेट नै उनको जीवनको एउटा अविस्मरणीय संकल्प बन्न गयो । गरिब भएतापनि घाँसी समाजकालागि केहि दिन चाहन्थ्यो र घाँसीको त्यही बानीबाट प्रभावित भानुभक्तले समाजलाई भाषा र साहित्य मार्फतबाट धेरै कुरा दिएर गए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.