राष्ट्रिय

विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
-न्युजभित्तो

काठमाडौँ । सरकारको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको नियमित क्रियाशीलताका कारण विद्युत् चुहावटबाट खेर जाने रु १० अर्ब बराबरको रकम जोगिएको छ । प्राधिकरणले देशव्यापीरुपमा सञ्चालन गरेको चोरी तथा चुहावट नियन्त्रणको सार्थक परिणाम देखापरेको छ । चुहिएर जाने...

चीनको वुहानबाट ल्याइएका एक सय ७५ जना खरिपाटीस्थित क्वारेन्टाइनमा
-न्युजभित्तो

भक्तपुर । चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका एक सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो ।...

ललिता निवास जग्गा प्रकरण : अख्तियारद्वारा १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-न्युजभित्तो

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको अभियोगमा पूर्वमन्त्रीसहित १७५ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित एक सय ७५ विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर...

प्रस्तावित निजगढ विमानस्थल पाँच वर्षभित्र सञ्चालनमा आउँछ : पर्यटनमन्त्री भट्टराई
-न्युजभित्तो

काठमाडौँ । सरकारले बहुप्रतिक्षित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बारामा प्रस्तावित निजगढ अन्तरराष्ट्रिय विमानस्थल अबको पाँच वर्षभित्र व्यावसायिक सञ्चालनमा आउने बताउनुभयो । नेपाल नागरिक...

नेकपाले मात्रै न्याय, समानता र समृद्धि दिन सक्छ : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल महिला सङ्घको एकता घोषणा तथा केन्द्रीय समितिको...

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढ्यो
-न्युजभित्तो

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज सोमबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य...

मिर्गौलाका बिरामीको चाप बढेपछि भरतपुर अस्पतालमा चौबिसै घण्टा डायलेसिस सेवा
-न्युजभित्तो

चितवन । भरतपुर अस्पतालमा डायलेसिस गर्नुपर्ने मिर्गौलाका बिरामीको चाप बढेपछि आजदेखि चौबिसै घण्टा सेवा शुरु गरिएको छ । बिहानदेखि साँझसम्म डायलेसिस गर्दा बिरामीले पालो नपाएपछि चौबिसै घण्टा सेवा विस्तार गरिएको हो । सेवा विस्तार गर्दै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट...

नेकपा केन्द्रीय कमिटी बैठक : बामदेव उपाध्यक्ष, एमसिसी अध्ययन कार्यदल, गुटबन्दी अन्त्यको सङ्कल्प
-न्युजभित्तो

काठमाडौँ । पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा आयोजना गरिएको बैठकले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन...

चितवन निकुञ्जमा विषाक्त खानाले मरे तीन गैँडा
-न्युजभित्तो

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजय श्रेष्ठका अनुसार...

सरकार भन्छ– ‘नेपालमा कोरोना भाइरसको उच्च जोखिम छैन’
-न्युजभित्तो

काठमाडौँ । सरकारले चीनमा फेला परेको नोभेल कोरोना भाइरस प्रकोपको नेपालमा कुनै किसिमको जोखिम नरहेको स्पष्ट पारेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कोरोना भाइरस प्रकोपको नेपालमा उच्च जोखिम नरहेको तर उच्च सतर्कता अपनाउन सरकारले सबै...