सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना सङ्क्रमण भित्रिन नदिन सरकारले दक्षिण नाकामा थप कडाइ गर्ने


  •    न्युजभित्तो/६ चैत्र २०७६, बिहीबार २१:३५ 
  • काठमाडौँ । ‘कोभिड–१९’ (कोरोना भाइरस)को सङ्क्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाई गर्ने भएको छ । उत्तरी नाका भन्दा दक्षिणी नाकाबाट सङ्क्रमण भित्रिन सक्ने खतरा रहेको औँल्याउँदै सरकारले थप कडाइ गर्न थालेको छ ।

    सिंहदरबारमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले ‘कोभिड–१९’ विरुद्ध लड्न आवश्यक पूर्व तयारी गरिरहेको जानकारी दिँदै त्यसलाई अझै कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

    गृहमन्त्री थापाले भन्नुभयो, “अहिलेसम्म मुलुकमा त्यस्तो समस्या छैन, तर विपद् आयो भने कसरी सामना गर्ने भन्ने विषयमा सरकारले कानूनी र संरचनागत व्यवस्था गरिसकेको छ, तीनै तहमा सम्बन्धित कानून र नीति निर्माण गरेर तयारीको काम जारी छ, यसमा अझै कडाईका साथ लाग्नुपर्छ ।”

    ‘मुलुकमा कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना’को सम्बन्धमा आयोजित उक्त बैठकमा गृहमन्त्री थापाले अहिलेको विशिष्ट परिस्थितिमा ‘कोभिड–१९’ को आक्रमणले संसार भर त्रास फैलिएकाले नेपालमा हुने सम्भावित जोखिमको विश्लेषण गरेर त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले योजना निर्माण गरी कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक्सन कमिटी बनाएर काम थालिएको बताउनुभयो ।

    पूर्वतयारीको सम्बन्धमा सरकारको उच्चस्तरीय समन्वय समितिले विशेष व्यवस्था गरी काम अघि बढाएको र आवश्यक सावधानी अपनाउन सार्वजनिक अपिल गरिएको मन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को अभिलेख अनुसार विशवका १६६ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । नौ हजार भन्दा बढीको ज्यान गइसकेको छ । दुई लाख प्रभावित भएका छ्न । कतिपय मुलुकले सङ्कटकाल नै घोषणा गरेर नियन्त्रणको काम गर्दै आएका छन् ।

    बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयनमा आजको बैठक केन्द्रित भएको जानकारी दिनुभयो । “अहिलेको अवस्थामा उत्तरी नाका भन्दा पनि दक्षिण सिमानाबाट सङ्क्रमणको बढी जोखिम छ, त्यसतर्फ सरकारले कडाइ गर्न लागेको छ”, पोखरेलले भन्नुभयो ।

    उहाँले अनर्गल प्रचार गर्दा जनमानसमा त्रास पैदा भएको जिकिर गर्दै यस्ता गलत प्रचार गर्नेलाई एक लाखसम्म जरिवाना र ६ महिनासम्मको कैदको व्यवस्था रहेकाले त्यसको कार्वान्वयन गरिने बताउनुभयो । “कोभिड विरुद्ध विश्वकै लडाइँ हो, सबैको साझा प्रयासले मात्रै रोकथाम सम्भव छ, सबै लागौँ”, पोखरेलले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
    नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै
    लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
    • मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
    • बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
    • वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
    • नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.