सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यी हुन् अत्यावश्यक सेवा, जुन बन्द हुँदैनन्


  •    न्युजभित्तो/७ चैत्र २०७६, शुक्रबार १९:५८ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको घोषणा गर्नुभएको छ । कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट बचाउनका लागि सरकारले यो घोषणा गरेको हो ।

    सम्बोधनमा प्रधानमन्त्रीले भन्नुभएको छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरू आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ।’

    के हुन् त नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवाहरु ? नेपाल सरकारले २०७३ माघ १७ गते राजपत्रमा प्रकाशित गरेका अत्यावश्यक सेवाहरु निम्न अनुसार रहेका छन्, जुन प्रधानमन्त्रीको सम्बोधन अनुसार अहिलेको अवस्थामा पनि सञ्चालनमा रहन्छन् :

    नेपाल राजपत्रमा उल्लेखित अत्यावश्यक सेवाहरुः
    १) डाँक, तार वा टेलिफोन सेवा
    २) जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्न यातायात सेवा
    ३) हवाई अड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
    ४) हवाई ग्राउन्ड, रेलवे स्टेसन वा सरकारी गोदममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा
    ५) प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा
    ६) हातहतियार खरखजाना वा अरु कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा
    ७) सञ्चार सेवा
    ८) आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
    ९) खानेपानीको सञ्चालन तथा वितरण सेवा
    १०) पर्यटन आवास, मोटल, होटल, रेष्टुँरा र रिसोर्टसम्बन्धी सेवा
    ११) पेट्रोलिम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा
    १२) अस्पताल, स्वास्थ्य केन्द्र र औषधि निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा
    १३) फोहरमैलाको संकलन, ढुवानी, प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापनसँग सम्बन्धित सेवा
    १४) बैंकिङ सेवा
    १५) बिमा सेवा
    १६) विद्युत् सेवा
    १७) दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दालचामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.