सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिभुवन विश्वविद्यालयको सबै परीक्षा स्थगित


  •    न्युजभित्तो/६ चैत्र २०७६, बिहीबार २१:१७ 
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शुक्रबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बैठकले अर्को सूचना जारी नहुँदासम्म सवै परीक्षा स्थगन गर्न केन्द्रीय परीक्षा सञ्चालक समिति र सम्बन्धित डीन कार्यालयलाई निर्देशन दिएको त्रिविका कार्यवाहक शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले जानकारी दिनुभयो ।

    “सरकारले नै कोभिड–१९ को सङ्क्रमण जोखिमका कारणले सबै परीक्षा स्थगन गर्ने भनेपछि हामीले पनि स्थगन गरेका हौँ”, उहाँले भन्नुभयो, “भोलिदेखि सञ्चालन हुने सबै परीक्षा स्थगन गरेका छौँ ।” त्रिविले आज पूर्वनिर्धारित परीक्षा भने सञ्चालन गरेको थियो ।

    परिषद् बैठकले त्रिवि अन्तर्गतका सम्पूर्ण आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसको पठन–पाठन पनि आजदेखि चैतमसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । हिउँदे/ वर्षे बिदा पाउने शिक्षक/कर्मचारी/विद्यार्थीलाई आगामी वर्ष बिदाबाट मिलाउने गरी निर्णय गरेको कार्यवाहाक शिक्षाध्यक्ष प्राडा भुसालले जानकारी दिनुभयो । त्रिविका सेवा आयोगका अन्तर्वाता र परीक्षाका कार्यक्रम सम्बन्धमा सेवा आयोगले सूचना प्रकाशित गरी जानकारी गराउने निर्णय समेत भएको छ ।

    उहाँका अनुसार बैठकले त्रिविका नियमित प्रशासनिक कामहरु यथावत रुपमा सञ्चालन गर्ने, कार्यालयमा सावुन पानी र सेनिटाइजरको व्यवस्था गरी आवश्यक सावधानीका उपाय अपनाउन समेत सम्बन्धित निकायलाई निर्देशन दिने, कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले २५ जनाभन्दा बढी संख्यामा भेला नहुने सूचना जारी गरेको हुँदा सोही अनुसार क्याम्पसका छात्रावासमा आवश्यक व्यवस्था मिलाउने सम्बन्धित क्याम्पसलाई निर्देशन दिने निर्णय गरेको छ ।

    त्रिविका परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगन गरिएका परीक्षाका प्रश्नपत्र सुरक्षित राखिने बताउनुभयो । उहाँले उपत्यका बाहिरका क्याम्पसमा पठाइएको प्रश्नपत्र प्रहरी कार्यालयमा राखिने बताउनुभयो ।

    त्रिविको त्रिविअन्तर्गतको स्नातकोत्तर प्रथम वर्षको आङ्शिक परीक्षा आगामी चैत ७ गतेदेखि, स्नातकोत्तर तह चौथो सेमेस्टरको चैत ८ गतेदेखि, स्नातकोत्तर दोस्रो सेमेस्टरको चैत २२ गतेदेखि, शिक्षा शास्त्रको एकवर्षे विएड चैत ९ गतेदेखि, स्नातक तहको कानून सङ्कायको दोस्रो तहको परीक्षा चैत १४ गतेदेखि शुरु गर्ने तालिका तय गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
    नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै
    लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
    • मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन सुरु
    • बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
    • वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
    • नेपाल कुखुरा व्यवसायी मञ्चको अध्यक्षमा प्रा.डा. भट्टराई

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.