सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अत्यावश्यक बाहेकका सेवा बन्द, लामो दूरीका यात्रुवाहक सवारी सञ्चालनमा रोक


  •    न्युजभित्तो/७ चैत्र २०७६, शुक्रबार १९:११ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ ।

    यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाउनुभयो । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि आह्वान गर्नुभयो । बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उहाँले यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाइने पनि उल्लेख गर्नुभयो । सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गर्नुभयो ।

    प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को विशेष विपद् कोषका लागि नेपालका तर्फबाट रु १० करोड उपलब्ध गराउने पनि घोषणा गर्नुभयो । गत चैत २१ गते त्रिभुवन विश्वविद्यालयमा मिर्गौला प्रत्यारोपण गरी चैत ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गर्दा आफूलाई आत्मबल भएको भनी उल्लेख गरिएको थाहा पाएकाले त्यस्तै आत्मबल बनाउन पनि आग्रह गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.