राष्ट्रिय

चितवनमा भेटिए अर्का कोरोना सङ्क्रमित, थपिए ३२ जना, कूल सङ्क्रमित ५४८
-न्युजभित्तो

चितवन । हिजो मात्र दुई कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित पुष्टि भएका चितवनमा आज फेरि एकजना सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका वडा नम्वर–६का ५२ वर्षीय एक पुरुषमा कोरोना सङ्क्रमण...

संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता
-न्युजभित्तो

काठमाडौँ । नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको...

कोरोना सङ्क्रमितको सङ्ख्या ५१६, निको हुने ७०
-न्युजभित्तो

काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या पाँच सय १६ पुगेको छ । आज ५८ जनामा कारोनाभाइरस पुष्टि भएसँगै सङ्क्रमितका कूल सङ्ख्या पाँच सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार आज...

संक्रमितको संख्या ५०७ पुग्यो, डडेलधुरा र वैतडीमा पनि संक्रमण देखियो
-न्युजभित्तो

काठमाडौँ । पछिल्लो परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बताउनुभयो । मन्त्रालयकाअनुसार डडेलधुरा र वैतडीमा पनि संक्रमण देखिएको छ ।...

दिल्लीबाट एम्बुलेन्स फेर्दै आएका थिए चितवनका संक्रमित, घरमै क्वारेन्टाइनमा बसेका थिए
-न्युजभित्तो

गीतानगर (चितवन) । चितवनको गीतानगरमा भेटिएका दुई जना संक्रमित भारतको दिल्लीबाट दुई वटा एम्बुलेन्स प्रयोग गर्दै नेपाल आएको पाईएको छ । दिल्लीबाट नेपालको सीमा कृष्णनगरसम्म एउटा एम्बुलेन्स र त्यहाँबाट अर्काे एम्बुलेन्समा उनीहरु आएका हुन् । भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख...

चितवनमा दुईसहित ३० कोरोना सङ्क्रमित थपिए, कूल सङ्क्रमित ४८७
-न्युजभित्तो

चितवन । चितवनमा दुई र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का एकसहित आज ३० जना कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार सय ८७ पुगेको छ । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर–६, केशरबाघका दुई वृद्धमा कोरोना पुष्टि...

कोभिड–१९ : आज थप १७ जनामा पुष्टि, कूल सङ्क्रमित ४४४
-न्युजभित्तो

काठमाडौँ । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण आज थप १७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा थप सङ्क्रमण देखिएको बताउनुभयो । आज...

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ । सरकारले आज औपचारिक रुपमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नेपालको नयाँ नक्सा सार्वजनिक गर्नुभएको हो । यसअघि...

आरडिटी परीक्षण गर्न निजी अस्पताललाई अनुमति दिने निर्देशिका जारी
-न्युजभित्तो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडिटीबाट परीक्षण गर्न अनुमति दिनेसम्बन्धी अन्तरिम निर्देशिका २०७७ जारी गरेको छ । निर्देशिकाअनुसार मन्त्रालयमा दर्ता भएका निजी तथा सामुदायिक अस्पतालले मात्र आरडिटी परीक्षण गराउन पाउने भएका छन्...

दुई प्रहरीमा कोरोना भेटिएपछि कालिमाटी प्रहरी वृत्त सिल
-न्युजभित्तो

काडमाडौँ । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण पुष्टि भएपछि प्रहरीको कालीमाटी वृत्त सिल गरिएको छ । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख रुगम कुँवरले कालीमाटीस्थित वृत्त परिसरमै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल...