सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय


  •    न्युजभित्तो/२५ असार २०७७, बिहीबार १८:४३ 
  • काठमाडौं । सरकारले सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सुरक्षाको सबै मापदण्ड पूरा गर्नुपर्ने सरकारले जनाएको छ ।

    सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालकले सुरक्षाको मापदण्ड पूरा गरेर सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो । उहाँले ट्याक्सीमा बढीमा दुई र परिवारका सदस्यहरुमात्रै बस्ने भए सिट क्षमता बमोजिम बस्न पाउने गरी खुकुलो गरिएको बताउनुभयो । त्यसैगरी, छोटो दूरीका सार्वजनिक यातायात सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाउने उहाँले जानकारी दिनुभयो । जस बमोजिम काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै सार्वजनिक यातायात सञ्चालन गर्न सकिने उहाँले प्रष्ट्याउनुभयो । निर्णय बमोजिम उपत्यका बाहेक जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न पाइनेछन् ।

    मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न साप्ताहिक रुपमा हुँदै आएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले सार्वजनिक यातायात सञ्चालकले मापदण्ड पुरा गरी सञ्चालन गर्न केही दिन समय लाग्न सक्ने जानकारी दिनुभयो ।

    सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि सिट क्षमताको पचास प्रतिशत मात्रै यात्रु बोक्न पाउने, प्रत्येक सबारीसाधनमा सेनिटाइजर र यात्रुले माश्क लगाउनुपर्ने तथा चालकले पञ्जा र माश्क लगाउनुपर्ने मापदण्ड तोकेको छ । त्यसैगरी, एक पंक्तिमा एक यात्रु मात्रै बस्न पाउने मापदण्ड निर्धारण गरिएको छ । सार्वजनिक सबारीले यात्रुबाट अतिरिक्त पचास प्रतिशत भाडा लिन पाउने मन्त्री खतिवडाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.