राजनीति
चितवन ,२४ पुस । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपाले आलु रोपेर स्याउ खोज्दा अहिलेको राजनीतिक दुर्घटना भएको बताएका छन्। गीतानगर जेसिजको पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै डा। रिजालले नेकपाले सहि समयमा सहि निर्णय गर्न नसक्दा यो अबस्था...
वासिङ्टन, २३ पुस । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो । बाइडेनले...
काठमाडौँ, २३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उहाँले सो प्रतिवेदन...
वासिङटन, २३ पुस । बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो...
काठमाडौं, २३ पुस । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका तीन जना नेतालाई काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा समूहका काठमाडौं सेक्रेटरी विपिन भनिने भिमसेन घिमिरे, जिल्ला सदस्य हरिबहादुर चन्द र वीरेन्द्र शाही छन् । प्रहरीको विशेष ब्युरो र...
काठमाडौं, २३ पुस । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता जोगाउने अन्तिम अवसर गुमाएको बताएका छन् । पार्टीका नेताहरुले आफूविरुद्ध अविश्वासको प्रस्ताव लगिँदैछ भन्ने थाहा पाएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनको तर्क छ । बिहीबार राष्ट्रियसभा बैठकलाई...
काठमाडौं, २३ पुस । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोगको वार्षिक प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ । यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले...
भरतपुर, २३ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल निकट विद्यार्थीहरुले आज बिहीबार भरतपुरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । वीरेन्द्र क्याम्पस, सप्तगण्डकी क्याम्पस लगायतका विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । संसद विघटनको विरोधमा हाल प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरु दोस्रो...
काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन् । नेकपा प्रचण्ड–माधव समूहले बानेश्वरमा गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए । ‘जेलबाट...
काठमाडौं, २२ पुस । संसद विघटन असंवैधानिक भएको जिकिरसहित परेका मुद्दाहरुको सुनुवाइ गर्न यसअघि गठित संवैधानिक इजलासलाई नै सर्वोच्च अदालतले निरन्तरता दिएको छ । संसद विघटनविरुद्ध परेका रिटहरुमा आजबाट निरन्तर सुनुवाइ सुरु गर्नुअघि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पुरानै संवैधानिक इजलासलाई...
















