सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली म्यासेज बनाई दुष्प्रचार : सूर्य थापा


  •    न्युजभित्तो/२२ माघ २०७७, बिहीबार २१:२६ 
  • काठमाण्डौं, २२ माघ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुक आइडीलाई स्क्रिन सट गरी नक्कली म्यासेज बनाई दुष्प्रचार गरेको बताउनु भएको छ । उहाँले माधवकुमार नेपालका कान्छा भाइ सरोज उपाध्यायसहितकाले यस्तो घिनलाग्दो अपराध कर्म गरेको जनाउनु भएको छ ।

    थापाले यस्तो कार्यको निन्दा गर्दै भन्नुभएको छ “माझण्ड गुटका अपराधिक मानसिकता राख्ने व्यक्तिहरूको साइबर अपराधमा संलग्नतामा भोलि माघ २३ गतेको हाम्रो पार्टीको बहुचर्चित जनप्रदर्शनबारे भ्रम फिजाउन सक्रिय रहेको देखिएको छ ।” उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अन्य नेता गणहरूका विचार सुन्न उपत्यका र वागमती प्रदेशका जनसमुदायहरूलाई केन्द्रीत गरी आयोजना गरिएको माघ २३ गतेको कार्यक्रम निर्धारित समयमै हुने जनाउनु भएको छ । उहाँले अगाडि भन्नुभएको छ “यथार्थप्रति कसैले अन्यथा गर्न खोज्नु हत्केलाले सूर्य छोप्न खोज्नुजस्तै हो ।”

    थापाले भन्नुभयो “भोलि माघ २३ गतेको कार्यक्रम विरूद्दको षडयन्त्र अन्तर्गत नै उक्त गुटले आज गरेको तथाकथित आमहडतालको सर्वत्र आलोचना, निन्दा र भ्रत्सर्ना भएको पनि अवगत नै छ ।” उहाँले यसरी नक्कली कार्यबाट दुष्टतापूर्वक भ्रमको खेती गर्नेहरूप्रति सावधान रहन र अन्योलमा नपर्नसम्बद्ध सबैमा अनुरोध पनि गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.