सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने


  •    न्युजभित्तो/२१ माघ २०७७, बुधबार २१:१२ 
  • चितवन,२१ माघ । चितवन प्रशासनले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने बताएको छ । सरकारको विरोधमा प्रचण्ड–माधव समूहले भोली आम हड्तालको घोषणा गरेसँगै चितवन प्रशासनले यस्तो बताएको हो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जवरजस्ती बन्दका गतिविधि संचालन गरे कानुन बमोजिम कारवाही गरिने बताए ।

    प्रचण्ड समूहको नेकपाले आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने बताएको छ । यद्यपी भोली नै कतिपय विद्यार्थीहरुको परीक्षा भएकाले केन्द्रसम्म पुग्न समस्या हुने देखिएको छ । चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङले भोली सम्पूर्ण सुरक्षा व्यवस्था कडा गरिने बताए । उनले गैरकानूनी काम गर्ने, पसल बन्द गराउँदै हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.