आगजनीमा उत्रियो प्रचण्ड–माधव समूह, एक बिहानै ट्याक्सी जलाए
न्युजभित्तो/२२ माघ २०७७, बिहीबार ०७:५९
काठमाडौं, २२ माघ । संवैधानिक नियुक्तिको विरोधमा नेपाल बन्द आब्हान गरेको प्रचण्ड–माधव समूहका कार्यकर्ताले आज विहानै काठमाडौंमा एउटा ट्याक्सी जलाएका छन । गोगबुमा कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१–००२ ज ५८८१ नम्वरको ट्याक्सीमा आगजनी गरेका हुन ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको जानकारी दिए । दुई जनाले ट्याक्सीमा आगजनी गरेर भागेका छन् । ट्याक्सीमा पूर्णरुपमा क्षति पुगेको छ । सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै त्यसको प्रचण्ड–नेपाल पक्षले विरोधमा बिहीबार देशव्यापी आम हड्ताल गरेको छ ।