राजनीति

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
-न्युजभित्तो

काठमाडौं,९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् । ...

रेग्मी आयरल्याण्ड र माल्टा तथा खड्का स्लोभाकका राजदूत नियुक्त
-न्युजभित्तो

काठमाडौँ, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय...

माधव नेपालबारे ओलीको टिप्पणी : यत्तिको निर्लज्जता कहीं देखिएको छैन
-न्युजभित्तो

काठमाडौं,९ जेठ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता माधवकुमार नेपालले निर्लज्जताको सीमा नाघेको बताएका छन् । आफ्नै पार्टीका प्रधानमन्त्रीलाई हटाउन विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन लागेको भन्दै उनले भने, ‘यो निलज्जता माधव नेपालको नेतृत्वमा प्रदर्शन...

विपक्षी गठबन्धन छलफलमै, सर्वोच्च पुगेका कुनै पनि रिट आज दर्ता भएनन्
-न्युजभित्तो

काठमाडौं,९ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषित गर्न परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने विपक्षी गठबन्धनको तयारी नपुगेपछि आज दर्ता नहुने भएको छ । सर्वोच्च अदालतले दिउँसो ३ बजेपछि रिट नलिने भएकाले आज दर्ता हुने सम्भावना...

नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको ओलीको आरोप
-न्युजभित्तो

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन्। आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ...

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण
-न्युजभित्तो

गण्डकी, ९ जेठ । गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उहाँलाई शपथ ग्रहण गराउनुभएको हो । प्रदेश प्रमुखको सरकारी निवासमा...

मिसन पत्रकारितावाला’ ले सरकारको कामको उपलब्धि देखेनन् : प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौं,९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले संचारमाध्यमले सरकारले गरेका कामको उपलब्धि देख्दै नदेखेको गुनासो गरेका छन् । आइतबार बालुवाटारमा प्रेस चौतारीआवद्ध पत्रकारहरूसँगको अन्तरक्रियामा ओलीले ‘मिसन पत्रकारितावाला’ ले धेरै बनावटी कुरा गर्ने गरेको आरोप लगाए। ‘केही त मिसन पत्रकारिता वाला...

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने निवर्तमान सांसद नागरिकतासहित सिंहदरबारमा
-न्युजभित्तो

काठमाडौं,९ जेठ  । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नबनाइएको भन्दै कानूनी लडाइँका लागि विपक्षी गठबन्धनका नेता तथा विघटित संसदका सांसद सर्वोच्च जाने तयारीमा छन् । देउवालाई प्रधानमन्त्री बनाउन...

राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : एमाले नेता बस्नेत
-न्युजभित्तो

भक्तपुर, ९ जेठ । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग आज उहाँले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी...

माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दर्ता
-न्युजभित्तो

काठमाडौं,९ जेठ  । नेकपा एमालेका युवा नेता जीवन राईको नेतृत्वमा निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ । वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ । निर्वाचन आयोग स्रोतका अनुसार नेकपा (एकीकृत)को...