सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक निकासको एउटै सूत्र निर्वाचन : एमाले नेता बस्नेत


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १०:२८ 
  • भक्तपुर, ९ जेठ । नेकपा (एमाले)का युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले देशमा बढ्दो राजनीतिक अस्थिरतालाई निकास दिन निर्वाचन अपरिहार्य भएकाले अब सबै निर्वाचनमा केन्द्रित हुनु पर्ने बताउनुभएको छ ।

    सञ्चारकर्मीहरुसँग आज उहाँले जनताले एमालेलाई पाँच वर्ष सरकार सञ्चालनको जिम्मेवारी दिए पनि पार्टीहरुबीच अस्वस्थ प्रतिस्पर्धा भएको र पार्टीभित्रै चलेको दूषित खेलका कारण सरकार ढाल्ने फोहोरी खेल चलेपछि राजनीतिलाई सही मार्गमा ल्याउन निर्वाचन आवश्यक भएको उहाँले बताउनुभयो । निर्वाचन नै अहिलेको राजनीतिक निकास दिने सूत्र भएको भन्दै उहाँले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री केपी शर्मा ओलीको रहर नभई बाध्यता भएको बताउनुभयो ।

    सरकारमा जान हतारो गरेका र सरकारको नेतृत्व लिने चाहना गरेकाहरुले मङ्सिरमा हुने निर्वाचनमा बहुमत ल्याएर सरकार चलाउन सक्छन् भन्दै उहाँले संसदले बिजनेस नपाएर ‘थारो गाई’ जस्तै भएर रहनुभन्दा विघटन भएर निर्वाचनमा जानु नै उपयुक्त भएको बताउनुभयो ।

    “संसद थारो गाई जस्तै भयो, राजनीतिक निकास दिन नसक्ने, वैकल्पिक सरकार पनि दिन नसक्ने, कानून बनाउन नसक्ने भएपछि विकल्प नयाँ जनमत नै हो”, उहाँले भन्नुभयो, “दलहरु बीचको अन्तरविरोध, आपसी द्वन्द्व, अनेकौँ विकृति, विसङ्गति र सत्ताको खिचातानी बढाएर देशलाई राजनीतिक द्वन्द्वतिर लैजानुभन्दा नयाँ जनादेशमा जानु नै उत्तप विकल्प हो, प्रधानमन्त्रीले त्यहीँ बाटो रोज्नु भयो ।

    ” गत पुस ५ गते गरिएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते फैसला गरी राजनीतिक निकासका लागि बाटो खोलिदिए पनि निकास नपाएको भन्दै नेता बस्नेतले पार्टी फोर्ने, विधि पद्दति उल्लङ्घन गर्ने/गर्न लगाउने, सत्ता लिप्साका लागि कीर्ते हस्ताक्षर गर्ने/गराउने, पार्टीको निर्णय विपिरीत जाने/जान लगाउने जस्ता आपराधिक गतिविधिका कारण निर्वाचनमा जानुपरेको बताउनुभयो । सरकरले आगामी कात्तिक २६ र मङ्सिर ३ गते घोषणा गरेको चुनावलाई सबै मिलेर सफल पार्नुपर्छ भन्दै उहाँले चुनावमा गएर जनतासँग मत माग्न नसक्ने, मत पाउने आशा नभएका, जनमत गुमेका, निर्वाचनमा पराजयको त्रास भएकाहरुले निर्वाचनको विरोध गरेको आरोप लगाउनुभयो ।

    नेकपा एमाले निर्वाचनमा होमिसकेको बताउँदै उहाँले विरोध गरेर निर्वाचनमा नलाग्नेहरु आफैँ पछाडि पर्ने टिप्पणी गर्नुभयो । सरकार निर्वाचन र कोरोना भाइरसको नियन्त्रणमा केन्द्रीत हुने बताउँदै उहाँले सबै पार्टीहरु निर्वाचन र कोरोना भाइरसलाई परास्त गर्न जुट्नुपर्ने औँल्याउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.