सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको ओलीको आरोप


  •    न्युजभित्तो/९ जेष्ठ २०७८, आईतवार १५:२० 
  • काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन्।

    आइतबार दिउँसो बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन् । ओलीले आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी प्रचण्डपथ अंगिकार गरेर सत्ता कब्जाको बाटोमा लागेको बताए ।

    ‘आफूलाई प्रजातन्त्रवादी भन्ने पार्टी पनि अहिले प्रचण्डपथ अंगिकार गरेर कुदे जस्तो लाग्छ । कब्जाको बाटोमा । सरकार चलाउन पनि नदिने, काम गर्न नदिने, सधैं वितण्डा खडा गर्ने, कुप्रचार, असभ्य प्रचार गर्ने, जनतामा भ्रम फिजाउन खोज्ने प्रयास हुँदै आए र गत वर्षदेखि यो अत्यन्तै तीव्र भए । मलाई ताज्जुब लाग्छ,’ उनले भने ।

    ‘उनीहरू त हिजो लोकतान्त्रिक प्रणलीका विरूद्ध हतियार उठाएर गएका थिए। पछिल्लो समय ट्याक्टिकल मुभ गरेर पनि उनीहरूको उद्देश्य सत्ता कब्जा नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर आफूलाई प्रजातान्त्रिक भन्ने नेपाली कांग्रेस पनि प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ।’

    उनले आफूलाई प्रधानमन्त्री दाबी गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष किर्ते हस्ताक्षर बुझाएको आरोप पनि लगाए ।

    उनले कांग्रेस नेता पुष्पा भुषालले प्रधानमन्त्री ओलीले गराउने चुनावमा आफूहरू सहभागी नहुने भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । ‘उहाँले हिजोमात्रै भनेको सुनें ओलीले गरेको चुनावमा हामी सहभागी हुँदैनौं रे। कसले गर्ने चुनावमा जानुहुन्छ त उहाँहरू। आफूले चुनाव गराउने भए त जनताबाट मत ल्याएर आउनु पर्थ्यो नि,’ ओलीले भने, ‘उहाँहरू आफैंले गराएको चुनावमा २३ सिटमा झरेको होइन?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने
    सुनसान छन् सौराहाका होटलः पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
    हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह
    • सुनसान सौराहा, धमाधम बुकिङ रद्द
    • तुइन खोला पहिरोमा जोखिमपूर्ण ढिस्को भत्काइँदै
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयले ग-यो शोक सभा, राहत कोषमा ६० लाख सहयोग
    • ऋणीको संरक्षणसँगै निक्षेपकर्ता , लगानीकर्ता र बैंकिङ प्रणालीको सुरक्षा आजको आवश्यकता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.