राजनीति
काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको...
बुटवल, २७ साउन । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन दिउँसो १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, सभामुख...
काठमाडौं,२६ साउन । सरकारको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३र७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण रू.६ खर्ब ९८ अर्ब...
काठमाडो,२६ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा एमसीसीको विषय कहाँ छ भन्दै खोजी गरेका छन् । प्रतिनिधिसभा बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले केपी ओलीलाई देखाएर एमसीसी पास गर्ने वातावरण बनाउन खोज्ने भन्दै कटाक्ष समेत...
काठमाडो,२६ साउन ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसलाको मूल्यांकन इतिहासले गर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अदालतको फैसलाको वाक्य वाक्य, शब्द शब्दको मूल्यांकन हुने बताएका हुन् । ‘अदालतलाई धेरै विवादमा ल्याउन जरुरी छैन, अदालले जे...
काठमाडो,२६ साउन । सभामुख अग्निप्रसाद सापकोटाले दार्चुलाका जयसिंह धामीको तुइन चुँडिएर महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति आफनो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख सापकोटाले तुइन प्रकरणको विषयमा यथार्थ जानकारी दिन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो...
काठमाडौं,२६ साउन । प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका रूपमा खोप उपलब्ध गराउनु रहेको भन्दै सांसदहरुले सो कार्यका लागि स्पष्ट कार्ययोजनाका साथ अगाडि...
काठमाडौ,२६ साउन । राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गर्नुभएको हो । यस्तै गुरुङले “प्रत्यायन ९एक्रिडिटेशन० विधेयक, २०७६” सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभा समक्ष पेश...
काठमाडौं, २६ साउन । राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई सुझाव दिनुभएको छ । राष्ट्रियसभाको आजको शून्य समयमा...
काठमाडौं,२६ साउन । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मनसुन थप सक्रिय हुने बताएको छ। मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आउने र सो प्रणालीका कारण देशभरी मनसुन सक्रिय हुने विभागले जनाएको छ। मनसुन सक्रिय हुँदा बिहीबारदेखि केही...













