सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लुम्बिनीको विशेष अधिवेशन विरूद्धको रिट भट्टराईको इजलासमा


  •    न्युजभित्तो/२७ श्रावण २०७८, बुधबार ११:४७ 
  • काठमाडौं,२७ साउन । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वानविरुद्ध दायर भएको रिट निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाइ हुने भएको छ । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य लिला गिरीले दायर गरेको रिट निवेदन बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको छ ।

    न्यायाधीश भट्टराईको इजलासमा उक्त रिट निवेदन आठौँ नम्बरको पेसी सूचीमा छ । प्रदेशसभाको विशेष अधिवेशन आज सुरु हुँदैछ । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफल हुनेछ ।

    पोखरेल नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा १ बमोजिम गत वैशाखमा गठन भएको जिकिर गर्दै प्रदेशसभा सदस्य गिरीले अविश्वास प्रस्ताव ल्याउन नमिल्ने दाबी रिट निवेदनमा गरेका छन् । उक्त रिट निवेदनको सुनुवाइका लागि मंगलबार नै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा पेसी तोकिएको थियो । तर मंगलबार उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.