राजनीति

लोकतान्त्रिक मूल्य मान्यताका लागि लडिरहन्छु : वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताउनुभएको छ । काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले आज चाबहिलमा आयोजना गरेको १४ औँ महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा...

राष्ट्रियसभामा एमालेको अवरोध कायमै
-न्युजभित्तो

काठमाडौँ, २८ भदौ । राष्ट्रियसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अवरोध कायमै रहेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीका सांसद भैरवसुन्दर श्रेष्ठलाई आफ्नो भनाइ राख्न समय...

नेकपा समाजवादी प्रदेश १ को संसदीय दलको नेतामा राई चयन
-न्युजभित्तो

काठमाडौं,२८ भदौं । नेकपा (एकीकृत समाजवादी) प्रदेश १ संसदीय दलको नेतामा राजेन्द्र राई चयन भएका छन् । सोमबार बसेको संसदीय दलको बैठकले राईलाई दलको नेता चयन गरेको हो । एमाले विभाजन भएसँगै निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) रोजेका १०...

मर्यादित भएर संसद्मा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ  । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा मर्यादित भएर प्रस्तुत हुन आफ्नो पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । एमाले संसदीय दलको आज बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा उहाँले मर्यादित भएर संसद् अवरुद्ध...

संवादमा आउन एमालेलाई सभामुखको आह्वान
-न्युजभित्तो

काठमाडौं, २७ भदौ । सभामुख अग्निप्रसाद सापकोटाले लगातार संसद अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाइ संवादमा आउन आह्वान गरेका छन् । आइतबारको संसद अवरुद्ध गरी नाराबाजी गरिरहेका बेला एमाले सांसदलाई संबोधन गर्दै सभामुख सापकोटाले समस्याको समाधान वार्ता र...

सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा
-न्युजभित्तो

काठमाडौँ, २७ भदौ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफल प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । मन्त्रिपरिषद्को विस्तार र सत्तापक्षको आगामी रणनीतिका बारेमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेता बस्नुभएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको...

भक्तपुर, ताप्लेजुङ र हुम्लामा नेकपा (एकीकृत समाजवादी) गठन
-न्युजभित्तो

भक्तपुर, २७ भदौ ।  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भक्तपुर जिल्ला समिति गठन गरिएको छ । नेकपा (एमाले) का तत्कालीन जिल्ला प्रचार विभाग प्रमुख तथा विद्यार्थी नेता श्याम बस्नेतका अध्यक्षतामा ७७ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । नेता बस्नेत...

एमसिसिको बिरोधमा बिप्लब समुहले संसदको घर कालो व्यानर टास्यो
-न्युजभित्तो

चितवन, २६ भदौं । नेकपा बिप्लव समुहले चितवनमा रहेका संसदहरुको घर र चोकमा एमसिसि कार्यान्वयनमा नल्याउन माग गर्दै कालो झण्डा टाँस गरेका छन् । जिल्लाबाट पतिनिधि सभा, राष्ट्रिय सभा र पदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुको घर कालो व्यानर टाँस...

एमालेको विधान अधिवेशन असोज दोस्रो साता, विधान महाधिवेशनमा को–को प्रतिनिधि
-न्युजभित्तो

काठमाण्डौं, २६ भदौ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले पार्टीको विधान अधिवेशन आगामी आसोजको दोस्रो साता आयोजना गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा आज भएको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म...

माडी नगर कमिटी सचिव काफ्लेद्वारा एमालेमै रहेको घोषणा
-न्युजभित्तो

माडी २६ भदौ । नेकपा एकीकृत समाजवादी माडी नगर कमिटिका सचिव मोहदत्त काफ्लेले पार्टी विभाजनको पक्षमा नरहेको घोषणा गर्दै नेकपा एमालेमै रहेको घोषणा गर्नुभएको छ । उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी समस्याका विषयमा पार्टीभित्र रहेर नै छलफल गर्न सकिने...