सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडी नगर कमिटी सचिव काफ्लेद्वारा एमालेमै रहेको घोषणा


  •    न्युजभित्तो/२६ भाद्र २०७८, शनिबार १९:१० 
  • माडी २६ भदौ । नेकपा एकीकृत समाजवादी माडी नगर कमिटिका सचिव मोहदत्त काफ्लेले पार्टी विभाजनको पक्षमा नरहेको घोषणा गर्दै नेकपा एमालेमै रहेको घोषणा गर्नुभएको छ ।

    उहाँले शुक्रबार एक विज्ञप्ति प्रकाशित गरी समस्याका विषयमा पार्टीभित्र रहेर नै छलफल गर्न सकिने भएकोले पार्टी विभाजनको बाटोमा नलाग्ने जनाउँदै नेकपा एकीकृत (समाजवादी) सँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ । विज्ञप्तिमा विभाजनले कसैको पनि राजनीतिक उद्देश्य पूरा नहुने र लोकतान्त्रिक मूल्य मान्यता विपरित हुने भएकोले विमतिका विषयमा नेकपा एमालेमै रहेर छलफल गर्न सबैमा हार्दिक अनुरोध गर्नुभएको छ ।

    जन जीवन माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा २०४१ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटिमा रहेर काम गर्नुभएका काफ्ले २०४२ सालमा अनेरास्ववियुको चितवन जिल्ला सदस्यको जिम्मेदारीमा रहनुभएको थियो । पञ्चायती व्यवस्थाको विरोधमा विभिन्न कार्यक्रम गर्दा पटक पटक पक्राउ परेका काफ्ले २०४५ सालमा २ महिना १७ दिन भरतपुर कारागारमा जेल जीवन बिताउनुभएको थियो भने जेलबाट छुटकरा पाएपछि पनि जनआन्दोलन सफल बनाउने कार्यमा लागिरहनुभएको थियो ।

    २०५८ सालमा नेकपा एमाले निकट लघुवित्त वित्तीय संस्थाको केन्द्रीय उपाध्यक्ष रहेका काफ्ले आफ्नो जागिरको दौरानमा पनि विभिन्न जिल्लामा सङ्गठन विस्तार र सामाजिक कार्यमा सरिक रहनुभएको थियो । नेकपा एमाले माडी नगर कमिटिको सचिव रहनुभएका काफ्ले जन जीवन माध्यमिक विद्यालयको निवर्तमान अध्यक्ष, अयोध्याधाम व्यवस्थापन समितिको मूल समिति सदस्यलगायत विभिन्न संघ संस्थामा रहेर माडीको शैक्षिक र सामाजिक विकासका कार्यमा निरन्तर लागिरहनुभएको छ ।

    पार्टी विभाजनको विपक्षमा रहेका मोहदत्त काफ्लेलाई नेकपा एकीकृत समाजवादी माडी नगर कमिटीको जिम्मेवारी दिएपनि त्यसलाई अस्वीकार गर्दै नेकपा एमालेमा रहेको र नेकपा एकीकृत समाजवादीसँग कुनै सम्बन्ध नरहेको जानकारी दिनुभएको हो । पार्टी विभाजनको पक्षमा लाग्नेहरुलाई पनि विमतिका विषयमा पार्टीभित्र रहेर छलफल गर्न अनुरोध गर्दै काफ्लेले नेकपा एमालेमा नै गोलबद्ध हुन आग्रह गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनकपुरधाममा दसैँको रौनक, शक्तिपीठमा पूजाआजाको तयारी
    भरतपुरमा खुल्यो अत्याधुनिक ‘मोबाइल चौतारी’, दसैँ अफरमा सुनको औँठीदेखि ३२ इन्चको टिभीसम्म उपहार!
    सनातन धर्म र मौलिक संस्कृतिको संरक्षणमा सबै जुट्नुपर्छः मन्त्री तामाङ
    • ‘पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’
    • परम्परागत कृषिलाई व्यावसायिक बनाउन सके किसानको जीवनस्तर उकासिन्छ: मन्त्री तामाङ
    • भरतपुरको सिएमएस रोडमा आजदेखि खुल्यो अर्गानिक सप ‘आहार’
    • भरतपुरको सिएमएस रोडमा खुल्यो अर्गानिक सप ‘आहार’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.