राजनीति

डा स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ नीति विभागको प्रमुखमा चयन
-न्युजभित्तो

काठमाडौँ,१८ वैशाख। वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ बाट निर्वाचित भएका डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जिम्मेवारी दिएको छ । रास्वपाको सोमबार बसेको केन्द्रीय समिति बैठकले वाग्लेलाई अर्थ नीति विभाग प्रमुखको जिम्मेवारी दिएको हो । रास्वपाले आजको बैठकबाट...

रविलाई संसदीय दलको नेता बनाउन रास्वपा केन्द्रीय समितिको निर्देशन
-न्युजभित्तो

काठमाडौँ,१८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेलाई पार्टी संसदीय दल नेता बनाउन निर्देशन दिने निर्णय गरेको छ । रास्वपाका प्रवक्ता डा.मुकुल ढकालले आज पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकले संसदीय दल नेतामा पुनः सभापति...

श्रमिक दिवस सम्मानित र सरक्षित उपलब्धीका रुपमा मनाउन पाइएको छः अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौँ,१८ वैशाख। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको श्रमिक आन्दोलनका कारण अन्तर्राष्ट्रिय श्रमिक दिवस सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रुपमा मनाउन पाइएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एमाले सरकारले औद्योगिक प्रतिष्ठान...

रास्वपा केन्द्रीय समिति बैठक सुरु, सरकारलाई दिएको समर्थनबारे छलफल
-न्युजभित्तो

काठमाडौँ,१८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धरामा सुरू भएको बैठकमा सरकारलाई दिएको समर्थनबारे छलफल गर्ने कार्यसूची छ। बैठकमा उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तार पनि एजेन्डाका रूपमा रहेको रास्वपाका एक केन्द्रीय सदस्यले जानकारी...

प्रधानमन्त्रीले भने- अयोग्य लडाकूलाई २ लाख दिने निर्णय मेरो होइन
-न्युजभित्तो

चितवन,१८ वैशाख । अयोग्य लडाकूलाई २ लाख दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाबी गरेका छन्। चितवन आएका प्रधानमन्त्री दाहालले पत्रकारसँग कुरा गर्दै आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको र उक्त निर्णय आफ्नो नभएको बताएका हुन् । अयोग्य लडाकूलाई प्रतिव्यक्ति...

सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो: प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

चितवन,१८ वैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उहाँले रास्वपा सरकारमा सहभागि हुने विषयमा कुराकानी चलिरहेको जानकारी दिनुभयो...

यो सरकार ढल्दैन : प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

चितवन, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा आउने र यो सरकार नढल्ने बताउनु भएको छ । प्रेस सेन्टर चितवनले आज भरतपुरको शिवनगरमा आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उहाँले अहिले सरकार विघटन...

प्रधानमन्त्री प्रचण्ड चितवनमा
-न्युजभित्तो

चितवन, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन आउनुभएको छ । भोलि (सोमबार) पूर्वी नवलपरासीको धार्मिक क्षेत्र मौलाकालिकामा सञ्चालित केवलकार उद्घाटन गर्न उहाँ चितवन आउनुभएको हो । उहाँले विहान १० बजे केवलकार उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भोलि...

राष्ट्रपति पौडेल उपचार सकेर आज बेलुकी स्वदेश फर्कने
-न्युजभित्तो

काठमाडौं,१७ वैशाख। राष्ट्रपति रामचन्द्र पौडेल आज उपचार सकेर स्वदेश फर्किने भएका छन्। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेल उपचार गराएर भारतबाट आइतबार बेलुकी ८स्३० बजे स्वदेश फर्किने भएका हुन् । राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस...

मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेलाई कारबाही गर्ने उपप्रधानमन्त्री श्रेष्ठको चेतावनी
-न्युजभित्तो

जनकपुरधाम,१७ वैशाख । मिटरब्याज पीडकको पक्षमा भूमिका खेल्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले चेतावनी दिएका छन् । जनकपुरधाममा मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पीडितलाई न्याय र पीडकलाई सजायँ दिने बताएका...