राजनीति
काठमाडौं, १६ चैत । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्। हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएपछि सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याएर जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन्। गत फागुन २३ गते सरकारमा...
काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताउनुभएको छ ।महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो धारणा राख्नुभएको प्रधानमन्त्रीको सचिवालयले...
काठमाडौँ, १४ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको...
काठमाडौं, १४ चैत। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको...
मुग्लिन (चितवन), १४ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको गरिमालाई उँचो बनाउने गरी काम गर्ने बताउनुभएको छ । बुधबार चितवनको इच्छाकामना–४ कुरिनटारमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरुकै कारण...
काठमाडौँ, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल...
काठमाडौं ,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने संकेत गरेको छ ।स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेर चुनाव प्रचारमा लागेका लिम्बुलाई उम्मेदवार बनाउने गरी संवाद अघि बढेको रास्वपा उच्च तहका एक नेताले जानकारी दिए ।लिम्बु...
काठमाडौँ, १३ चैत .नेपाल कम्युनिष्ट पार्टी -एमाले_का उपाध्यक्ष विष्णु पौडेल आज चीन प्रस्थान गर्नुभएको छ । चीनको दक्षिणी प्रान्त हाइनानको बोआओमा हुने बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा भाग लिन पौडेल आज त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ...
काठमाडौँ, १२ चैत । नेपाली कांग्रेसले राष्ट्रियसभाको प्रमुख सचेतकमा राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायलाई मनोनयन गरेको छ । कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले राष्ट्रियसभाको प्रमुख सचेतकमा रोकायलाई मनोनयन गर्नुभएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ । रोकाय कर्णाली...
काठमाडौं , १२ चैत । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको सेतुको रुपमा राष्ट्रियसभाले काम गर्ने उल्लेख गर्नुभयो । प्रदेश र स्थानीय...












