सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेवा सुविधा थपको मागसहित संसद भवनमा कर्मचारीहरूको प्रदर्शन


  •    न्युजभित्तो/१० असार २०८१, आईतवार १२:५३ 
  • काठमाडौं, ९ असार । संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । सेवा सुविधा थपको मागसहित कर्मचारीले संसद भवनमा आइतबार प्रदर्शन गरेका हुन् ।

    कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि ढिला भएको छ ।

    आज बिहानमात्र बालुवाटारमा बसेको बैठकले संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानूनमन्त्री पदम गिरीको नेतृत्वमा महासचिव पद्मप्रसाद पाण्डे र अर्थ मन्त्रालयका सचिव मधु मरासिनी सदस्य रहेको समिति गठन गरेको छ ।

    असार ७ गतेसम्म माग सुनुवाइ नभए तेस्रो चरणको आन्दोलन थाल्ने कर्मचारीले आन्दोलन घोषणा गरेका थिए ।

    कर्मचारी प्रशासन नियमावली २०६५ लाई अद्यावधिक गर्नुपर्ने, अतिरिक्त समयको प्रोत्साहन भत्ता दिनुपर्नेलगायतका माग उनीहरूको छ । करारका कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने माग पनि उनीहरूको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.