सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आज, भोलिमै संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी


  •    न्युजभित्तो/१० असार २०८१, आईतवार १२:५८ 
  • काठमाडौँ, ९ असार । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको हो । संसद भवनमा आईतवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानूनमन्त्री गिरीले प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक बसेको र बैठकले संघीय संसदका कर्मचारीहरुको माग सम्बोधन गर्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो । उहाँले आज भोलिमै यथोचित मागहरु वार्ताबाट सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भयो ।

    उहाँले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीज्युको कार्यकक्षमा सम्माननीय सभामुखज्यु, सम्माननीय राष्ट्रिय सभाको अध्यक्षज्यु, अर्थमन्त्रीसहित हामी बैठक बस्यौँ । संघीय संसदका कर्मचारीहरुले जुन माग उठाएर सेवा सुविधानको विषयलाई लिएर आन्दोलन गर्नुभएको छ । उहाँहरुको मागलाई सम्बोधन गरेर संसदलाई पनि सुचारु गरेर लैजान सन्दर्भमा मैले संयोजन गर्नेगरी संयोजन समिति बनेको छ । त्यसले आजबाट काम शुरु गर्दछ । आज भोलिमै यो विषय टुंग्याउँछौँ । माग सुन्छौँ र माग सम्बोधन गर्न के सकिन्छ छलफल गरी यथोचित सम्बोधन हुनेछ ।’

    नेपाली काँग्रेसकी सांसद रमा कोईराला पौडेलले संघीय संसदका कर्मचारीहरुले जायज माग उठाएर आन्दोलन गर्नुभएको भन्दै माग सम्बोधन तत्काल हुनुपर्ने बताउनु भयो । उहाँले कर्मचारीका जायज मागहरु संसद सचिवालय र राज्यले सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

    यता, संसद सचिवालयका कर्मचारीहरुले भने बिरोध प्रदर्शन जारी राखेका छन् । संसद भवन परिसरमा हातमा कालो पट्टी बाँधेर र विभिन्न प्लेकार्डहरु बोकेर बिरोध प्रदर्शन गरेका हुन् । संसद सचिवालयका कर्मचारीहरुले विगत केही दिन यता अतिरिक्त समयमा गरेको कामको पारिश्रमीक पाउनुपर्ने मागसहित ११ बुँदे माग राखि बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले संसद सेवाको कर्मचारीहरुमाथि श्रम शोषण गर्न पाइँदैन, ११ बुँदे माग पूरा गर, श्रम शोषण अन्त्य होस्, व्यवस्थापन समितिको निर्णय कार्यान्वयन गर, विधायिकामाथि कार्यपालिकाको हस्तक्षेप बन्द गर लगायतका प्लेकार्ड बोकेर संसद भ्वन परिसरमै बिरोध जनाएका थिए । कर्मचारीहरुले संसद भवनमा धर्ना दिएसँगै ११ बजे शुरु हुने भनिएको प्रतिनिधि सभाको बैठक बस्न सकेको छैन । —न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.