सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछः मन्त्री अर्याल


  •    न्युजभित्तो/१० असार २०८१, आईतवार १६:१८ 
  • काठमाडौँ, ९ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई भुलेर केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गराउने काम भइरहेको बताएका हुन् ।

    उनले भने, ‘नेपालमा सहकारीको मूल्य मान्यता अनि नेपालमा सहकारीको माध्यमबाट भइरहेको विकास, लाखौँ मानिसको रोजगारी हो सहकारी हो । सहकारीले जुन आफूसँग उत्पादन भएको उत्पादनलाई बजारमा लिएर जानको लागि ठुलो सहयोग गर्‍यो । हामीले यी कुराहरूलाई चटक्कै बिर्सन्छौ र समाजमा रहेका केही मानिसहरू जो औँलाले गन्दा भ्याउने छन् । त्यो क्षेत्रमा आएर अपराध गर्छन् । अनि सबैले संस्थालाई नै बदनाम गर्नेतिर लाग्छन् । र बदनाम गर्न संघ, संस्था, महासंघहरू खुलेर नै लागि पर्छन् ।’

    उनले अहिले एउटा जमात सहकारी ठगी गर्ने थलो भनेर मात्र बहस गर्न व्यस्त र अर्को अवैध सम्पत्ति कसरी लुकाउन सकिन्छ भनेर सहकारीकै बदनाम गर्ने प्रयासमा लागिरहेको टिप्पणी गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    त्रिसाली मेलामा रमाउँदै यासोक
    सञ्चारमन्त्री तिमिल्सिनाद्वारा प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितामा जोड
    हुरीका बेला सतर्कता अपनाउन आग्रह
    • पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीको बाढी
    • लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो
    • वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगी गर्ने पाँच जना पक्राउ
    • लागुऔषधसहित दुई जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.