राजनीति

भ्रष्ट्राचारको अभियोगमा मुख्य सचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्धा दर्ता
-न्युजभित्तो

काठमाडौँ, १० असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालसहित १२ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अन्तशुल्क स्टिकर खरिदमा अनियमितता गरेको कसुरमा अख्तियारले आज उनीहरु विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले मुख्यसचिव अर्यालसहित...

एउटा जमात अवैध सम्पत्ति लुकाउन सिङ्गो सहकारीकै बदनाम गर्दैछः मन्त्री अर्याल
-न्युजभित्तो

काठमाडौँ, ९ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले, केही व्यक्तिहरूले गरेको अपराधले सिङ्गो संस्थालाई नै बदनाम गर्ने गरेको बताएका छन् । आइतबार काठमाडौँमा आयोजित ‘सहकारी रोजगार मेला २०८१’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीको योगदानलाई...

कैलाश सिरोहियालाई अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौँः प्रचण्ड
-न्युजभित्तो

काडमाडौँ, ९ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेको बताउनुभएको छ । बुधवार ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवादलाई सम्बोधनपछि सञ्चारकर्मीहरुसको प्रश्नमा उहाँले यस्तो...

संसदका कर्मचारीको माग वार्ताबाट अविलम्व समाधान गर्नुपर्छः ओली
-न्युजभित्तो

काठमाडौँ, ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताउनुभएको छ । आईतवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीय संसद सचिवालयका कर्मचारीहरुको माग वार्ताबाट...

आज, भोलिमै संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्छौंः कानूनमन्त्री गिरी
-न्युजभित्तो

काठमाडौँ, ९ असार । संघीय संसद सचिवालयका कर्मचारीहरुको माग सम्बोधनका लागि तीन सदस्यीय समिति गठन भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेय र अर्थसचिव मधुकुमार मरासिनीको नेतृत्वमा समिति गठन भएको...

सेवा सुविधा थपको मागसहित संसद भवनमा कर्मचारीहरूको प्रदर्शन
-न्युजभित्तो

काठमाडौं, ९ असार । संघीय संसद् सचिवालयका कर्मचारीले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन् । सेवा सुविधा थपको मागसहित कर्मचारीले संसद भवनमा आइतबार प्रदर्शन गरेका हुन् । कर्मचारीहरूको आन्दोलनका कारण बिहान ११ बजे बोलाइएको संसद बैठक पनि ढिला भएको...

योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित छ: अध्यक्ष ओली
-न्युजभित्तो

काठमाडौं, ७ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योग कुनै धर्मसँग नभइ मानव जीवनको स्वास्थ्यसँग सम्बन्धित रहेको बताएका छन् । योग दिवसका अवसरमा नेकपा एमालेले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा ओलीले योगले शारीरिक, मानसिक स्वस्थताका साथै पवित्र आचरणका लागि...

हामी आफ्नो उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँः सभापति लामिछाने
-न्युजभित्तो

काठमाडौँ, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरु पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताउनुभएको छ । पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले...

नेता कोही पनि ठिक छैन भन्नु गलत होः प्रधानमन्त्री दाहाल
-न्युजभित्तो

काठमाडौं, ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन् । नेपालमा राजनीतिक दलहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना...

गृहमन्त्री लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदै
-न्युजभित्तो

काठमाडौं, ७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दा आज सुनुवाइका लागि पेशी तोकिएको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता...