सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली आज चितवन आउँदै


  •    न्युजभित्तो/५ बैशाख २०८२, शुक्रबार १०:३८ 
  • चितवन, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउने भएका छन् । नारायणगढ बजारमा निर्माण गिएको ६ लेनको सडक उद्घाटन सहित विभिन्न कार्यक्रममा सहभागि हनु प्रधानमन्त्री ओली आज चितवन आउन लागेका हुन् । उनी सँगै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि रहने छन्।

    तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ गते यो सडकको शिलान्यास गरेका थिए। एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ।

    ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ। त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५/५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ।

    यस्तै प्रधानमन्त्री ओलीले चितवनको बिहान ११ बजे इच्छाकामना गाउँपाकिलाको भवन उद्घाटन गर्नेछन् । त्यस लगत्तै भरतपुरमा साढे १२ बजे सडकको उद्घाटन गरेर वीपी कोइराला क्यान्सर अस्पतालमा हुन लागेको नेकपा ९एमाले० भरतपुर महानगर कमिटिको अधिवेशनमा सहभागि हुने कार्यक्रम रहेको नेकपा एमालेका पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले जानकारी दिए । समय भएको खण्डमा नारायणगढ बुटवल सडक खण्डको अवलोकन गर्न दुम्किबाससम्म जाने कार्यक्रम समेत भएको उनले जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.