सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्रको रक्षाका लागि दलहरूबीच सहकार्य आवश्यक छः बाबुराम भट्टराई


  •    न्युजभित्तो/३ बैशाख २०८२, बुधबार १५:२९ 
  • काठमाडौं, ३ वैशाख । नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले दलहरूबीचको सहकार्यबाटै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भट्टराईले एकले अर्कालाई निषेध गर्नुभन्दा सहकार्य गरेर अघि बढ्न सके संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएका हुन् ।

    राजनीति बाङ्गोटिङ्गो हुँदै अघि बढ्ने भए पनि लोकतन्त्र नै प्रमुख कुरा भएकोमा उनको जोड छ ।

    भट्टराईले अहिले विभिन्न ढंगले प्रतिगामीहरू सल्वलाउँदै विभाजन ल्याउन खोजेको भन्दै सजक हुनुपर्नेमा जोड दिए । उनले अहिलेको जटिल भूराजनीतिक अवस्थामा संकिर्ण गुटगत र दलगत चिन्तनभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नसक्नु पर्ने बताए ।

    उनले संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि कांग्रेस र कम्युनिष्ट रूखका दुईवटा हाँगा हुन् भन्ने आफ्नो मान्यता रहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.