राजनीति
काठमाडौँ, २६ वैशाख । नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ । भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकले ज्यान गुमाउनुपरेको थियो । उक्त घटनापश्चात् भारत र पाकिस्तानबीच बढ्दो...
काठमाडौं, २५ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी जेठ १५ गतेदेखि गरिने आन्दोलन निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् । बिहीबार राजवादीले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा उनले आन्दोलनमा दमनको सहारा लिए बढारिनुपर्ने चेतावनी समेत दिएका...
काठमाडौँ, २५ वैशाख । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग...
काठमाडौँ, २५ वैशाख । सङ्घीय संसद्मा छलफलको क्रममा रहेको सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रमलाई आवश्यक परिमार्जन गरी थप उन्नत र परिपक्क बनाएर जानुपर्ने सांसदहरूले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथि आ–आफ्नो...
काठमाडौँ, २५ वैशाख । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको आरोप लगाउँदै छानविन गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो,“ आयोजनाको खरिद प्रक्रियामा कानुन विपरीत काम...
पाटन (ललितपुर), २५ वैशाख । गृहमन्त्री रमेश लेखकले पीडितलाई केन्द्रविन्दुमा राखेर सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्ले पारित गरेको प्रस्ताव कार्यान्वयनमा हालसम्मको प्रगति...
काठमाडौ, २५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियान अन्तर्गत कुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटन सत्रलाई सम्बोधन गर्दै...
काठमाडौँ, २५ वैशाख । आज (बिहीबार)साँझ मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ पाँचबजे सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन्। गएको सोमबार मन्त्रिपरिषद् बैठक बस्नुपर्ने थियो। तर बिहीबार मन्त्रिपरिषद् बैठक बस्दै नबसी स्थगित भएको थियो। सरकारले लामो...
काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो मिर्गौला फेल हुनुको कारण सुनाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पेन किलर (दुखाइ कम गर्ने औषधि) सेवन गर्दा मिर्गौला फेल भएको बताएका हुन् । तागतिलो खाना र औषधि अभावका...
विराटनगर, २४ वैशाख । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताउनुभएको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ मन्त्रालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेख्यनीय...











