सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटोः मन्त्री भण्डारी


  •    न्युजभित्तो/२४ बैशाख २०८२, बुधबार १७:१९ 
  • विराटनगर, २४ वैशाख । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लोकतन्त्र र पत्रकारिता एउटै सिक्काको दुई पाटो भएको बताउनुभएको छ ।

    राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आज यहाँ मन्त्रालयद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले लोकतन्त्र स्थापना र सुदृढीकरणका पक्षमा उल्लेख्यनीय योगदान रहेको पत्रकारिता क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    मन्त्री भण्डारीले सरकार बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको विद्यमान अवस्थामा आमसञ्चार क्षेत्रलाई अझ सुदृढ, व्यवस्थित, सशक्त र प्रभावकारी बनाउन पत्रकार जगत्बाट सरकारलाई रचनात्मक सुझाव प्राप्त हुने अपेक्षा गर्नुभयो ।

    आमजनतामा भ्रम सिर्जना गरेर लोकतन्त्रलाई कमजोर बनाउने प्रपञ्च मुलुकमा भइरहेको उल्लेख गर्दै उहाँले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गरी लोकतन्त्र र प्रेस स्वतन्त्रताका पक्षमा कलम चलाउन अनुरोध गर्नभयो ।

    मन्त्रालयका सचिव रामप्रसाद आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खड्का र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र पत्रकारिता क्षेत्रको भविष्य सुनिश्चत हुने प्रसङ्ग उल्लेख गर्दै पत्रकारको हकहितका पक्षमा राज्यले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    ‘विश्वसनीय सूचनाको अधिकारस् जवाफदेही पत्रकारिता र सुरक्षित पत्रकार’ भन्ने नाराका साथ मनाइको पत्रकारिता दिवसका अवसरमा आयोजित सो कार्यक्रममा स्वतन्त्र पत्रकार यज्ञ शर्माले ‘पत्रकारिताको समस्या र समाधानका विषय’मा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.