सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नीति तथा कार्यक्रमले दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेको छ’


  •    न्युजभित्तो/२५ बैशाख २०८२, बिहीबार १५:४५ 
  • काठमाडौँ, २५ वैशाख । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको आवश्कता, दिगो र सन्तुलित आर्थिक विकासलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको बताउनुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले मुलुकमा केही भएन भनेर स्थापित गर्न खोजिएको नकारात्मक भाष्यलाई खण्डन गर्न सकेको बताउनुभयो ।

    नीति तथा कार्यक्रम जनता केन्द्रित रहेको भन्दै उहाँले विकासका लागि दीर्घकालीन रूपमा सार्थक प्रयास गरिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्नका लागि पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

    पूर्वअर्थमन्त्रीसमेत रहनुभएका सांसद कार्कीले सूचना प्रविधिको क्षेत्रलाई राष्ट्रिय प्राथमिकताका साथ अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रणालीमा जोड दिनुपर्ने र रासायनिक मल कारखाना स्थापनाका लागि यथेष्ट बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिनुभयो ।

    आर्थिक विकासको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा रहेको पर्यटन क्षेत्रको थप विकासका लागि सहज हवाई यातायातको प्रबन्ध गर्नुपर्नेमा सांसद कार्कीले जोड दिनुभयो । ठूलाठूला भवन बनाएर मात्रै शैक्षिक क्षेत्रको विकास हुन नसक्ने धारणा राख्दै उहाँले शिक्षा र स्वास्थ्यका लागि ठोस पहलकदमी लिन ढिलाइ गर्न नहुने बताउनुभयो । नाराले नभई सकारात्मक र सार्थक नीति लिएर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ ।

    सांसद सुनिता बरालले सरकारको नीति तथा कार्यक्रमको सफलता र सार्थक कार्यान्वयनको कामना गर्दै आर्थिक कुटनीतिका विशेष योजना अगाडि बढाउन जरुरी रहेको बताउनुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएको युवा केन्द्रित स्टार्टअप उद्यमलाई यथेष्ट बजेटको प्रबन्ध गरी सहज कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्नुभयो ।

    मानव विकास र भौतिक विकासलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिँदै सांसद बरालले अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको क्षमतास्तरोन्नति गर्नेतर्फ पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई बजेटमार्फत कार्यान्वयनका लागि थप पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.