राजनीति
काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री...
विराटनगर, ३० वैशाख । गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताउनुभएको छ । कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पु¥याउने...
काठमाडौँ, ३० वैशाख । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गर्नुभयो । सांसद घनश्याम रिजालले...
वीरेन्द्रनगर (सुर्खेत), ३० वैशाख । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले स्वतन्त्र प्रेसमाथि हस्तक्षेप नगरेको बताउनु भएको छ । यहाँबाट प्रकाशन हुँदै आएको युगआह्वान राष्ट्रिय दैनिकको २५ औँ रजतजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सामाजिक सञ्जाल नियमन विधेयकमा...
काठमाडौँ, ३० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का युवा नेता महेश बर्तौला अहिले प्रमुख सचेतक हुनुहुन्छ । २०५३ सालदेखि राजनीतिक यात्रा सुरु गर्नुभएका प्रमुख सचेतक मकवानपुर जिल्लाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । उहाँ ०५९ देखि...
काठमाडौँ, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ । ...
काठमाडौं, २९ वैशाख । नेपाल समजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले बुद्धले दिनुभएको सत्य, अहिंसा, करुणा र मध्यमार्गको मार्गदर्शन विश्व र नेपालजस्ता बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाजका लागि अझ सान्दर्भिक र प्रेरणादायी रहेको उल्लेख गर्नुभएको...
काठमाडौँ, २९ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा पूर्वप्रधनमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गर्नुभएको छ । उभौली पर्वको अवसरमा उहाँले आज शुभकामना व्यक्त...
वीरेन्द्रनगर, २९ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो...
लुम्बिनी, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी आइपुग्नु भएको छ । पच्चीस सय ६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । प्रधानमन्त्री ओलीलाई लम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभएको थियो । प्रत्येक वर्ष वैशाख...










