सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नेः गृहमन्त्री लेखक


  •    न्युजभित्तो/३० बैशाख २०८२, मंगलवार १५:०९ 
  • विराटनगर, ३० वैशाख । गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका रूपमा स्थापित गर्ने बताउनुभएको छ ।

    कारागार कार्यालय मोरङको नवनिर्मित भवन तथा संरचनाको आज उद्घाटन गर्दै गृहमन्त्री लेखकले कारागारमा बस्ने कैदीबन्दीको समय सदुपयोग गरी आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले आधुनिकीकरणसहित कारागारलाई उद्योगग्रामका रुपमा रुपान्तरण गर्न लागेको स्पष्ट गर्नुभयो ।

    उहाँले प्रचलित कानुनी प्रावधानबमोजिम कारागारमा राख्नुपर्ने बाध्यात्मक व्यवस्था भए पनि कैदीबन्दीको मानव अधिकारप्रति सरकार संवेदनशील रहेको बताउनुभयो ।

    लोकतन्त्रमा सबै व्यक्तिको मानवअधिकार सुनिश्चित हुने प्रसङ्ग उल्लेख गर्दै उहाँले कैदीबन्दीको तुलनामा कारागार भवन कम भएको र आवश्यक पूर्वाधारसमेत नभएको भन्ने गुनासो सम्बोधन गर्ने पक्षमा आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

    फरक प्रसङ्गमा वर्तमान सरकार गठन भएको १० महिनाको अवधिमा केही कानुनी तथा नीतिगत व्यवस्था सुधारसहित आवश्यक वातावरण तयार गरेपछि वस्तु आयातमा कमी र निर्यात वृद्धि भएको, विदेशी मुद्राको सञ्चिति बढेको, निजी क्षेत्र उत्साहित भएको र मुलुकको समग्र आर्थिक परिसूचकहरू सन्तोषजनक रहेको बताउनुभयो ।

    कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले नवनिर्मित कारागार भवनबाट कैदीबन्दीलाई थप सुविधा प्राप्त हुने विश्वास व्यक्त गर्दै कैदीबन्दीको श्रमको सदुपयोगसहित मानवअधिकारको पक्षमा सरकार रहेको स्पष्ट गर्नुभयो ।

    मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कारागारमा देखिने समस्या सम्बोधन गरी कैदीबन्दीलाई उचित व्यवहार गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, कोशी प्रदेशसभा सदस्य भीम पराजुली, सङ्घीय शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख प्रदीपकुमार सिंह, केन्द्रीय कारागार विभागका महानिर्देशक नारायण भट्टराईले कैदीबन्दीको रोजगारी र मानवअधिकारका पक्षमा धारणा व्यक्त गर्नुभएको थियो ।

    विराटनगरको हाटखोलास्थित पुरानो जिल्ला कारागार भवन परिसरमा नवनिर्मित कारागार भवन निर्माणका लागि कुल रु ३६ करोड १२ लाख ८५ हजार खर्च भएको भवन विभागले जनाएको छ ।

    विसं २०७८ साल असार २४ गते शिलान्यास भएको सो भवन निर्माण प्रक्रियाअन्तर्गत पुरुष सुधारगृह, महिला सुधारगृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, जिल्ला कारागार प्रशासन भवन, जिल्ला कारागार प्रमुख आवास भवन, सुरक्षा पर्खाल, सुरक्षा पोष्ट, सीमा सुरक्षा जाँच कक्षसहित, सडक सञ्जाल, नाला, आकस्मिक पानी भण्डारण पोखरी तथा अन्य बगैँचाजस्ता संरचना तयार भएको भवन निर्माण विभागका वरिष्ठ प्रविधिक प्रदीप खनालले जानकारी दिनुभयो ।
    सो कारागार भवनमा २१८ पुरुष र ९९ महिला कैदीबन्दी राख्न सकिनेछ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.