सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस्ः प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२९ बैशाख २०८२, सोमबार १५:५१ 
  • काठमाडौँ, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना गर्नुभएको छ ।

    “आज चण्डी पूर्णिमा, उभौली पर्व । किराँत समुदायलगायत सम्पूर्ण नेपालीमा उभौली पर्व २०८२ का अवसरमा हार्दिक शुभकामना १” प्रधानमन्त्रीले सन्देशमा लेख्नुभएको छ ।

    उहाँले कृषिप्रधान नेपाली समाजमा प्रकृति र मौसमसँगको सहजीवितालाई सम्मान गर्ने उभौली पर्वले हामीलाई संस्कार, संस्कृतिको संरक्षण र प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्नेसमेत बताउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.