सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महँगी बढेकाले बजार अनुमगन गर्न सांसदको आग्रह


  •    न्युजभित्तो/३० बैशाख २०८२, मंगलवार १५:०५ 
  • काठमाडौँ, ३० वैशाख । सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी बढाइएकाले बजार अनुमगन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

    राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद पुडासैनीले बजार अनुगमन प्रभावकारी रुपमा आगाडि बढाउन माग गर्नुभयो । सांसद घनश्याम रिजालले दोलखाको भीमेश्वर नगरपालिकाको ‘दोलखा चलचित्र नगरी’ योजना अधुरै रहेको उल्लेख गर्दै समयमा नै सो कार्य अगाडि बढाउन आर्थिक वर्ष २०८२/८३ मा आवश्यक बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभयो ।

    सांसद पदमबहादुर परियारले व्यास नगरपालिकाद्वारा अघि बढाइएको सरसफाइ व्यवस्थापन केन्द्र निर्माण गर्न सङ्घीय सरकारसमक्ष पेस भएको योजना कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । सांसद पूजा चौधरीले तराई–मधेशमा डेङ्गु नियन्त्रण गर्न आवश्यक पहलका लागि माग गर्नुभयो ।

    सांसद मनरुपा शर्माले शान्तिप्रक्रियाको बाँकी काम समयमा नै टुङ्ग्याउन आग्रह गर्नुभयो । सांसद रुक्मिणी कोइरालाले कोशी प्रदेशका विभिन्न जिल्लामा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको पहलका लागि अनुरोध गर्नुभयो ।

    सांसद रेणु चन्दले बाजुराको त्रिवेणी नगरपालिकाको मौरेमा समयमै पुल निर्माण सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद विष्णुकुमारी सापकोटाले रुस–युक्रेन युद्धमा नेपाली नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै त्यसतर्फ ध्यान दिन सरकारसँग माग गर्नुभयो ।

    सांसद विष्णुबहादुर विश्वकर्माले सप्तरीको सुरुङ्गा नगरपालिकाकी पूजाकुमारी रामको बलात्कारपछि हत्या गरिएको उल्लेख गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले साउदी अरबमा अलपत्र परेका नेपाली कामदारको उद्धारको पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सावित्री मल्लले निर्माण सामग्रीको मूल्यवृद्धि नियन्त्रण गर्न माग गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने
    • नारायणगढ बजारलाई व्यवस्थित बनाउँदै ‘टास्क फोर्स’
    • चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.