अन्तर्राष्ट्रिय

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स...

अफगानिस्तान विस्फोटमा तीनको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

अफगानिस्तान, २७ वैशाख । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको टोलो न्युजले जनाएको छ । तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी...

सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारीलाई एयरलाइन्सले गर्‍यो बर्खास्त
-न्युजभित्तो

नयाँ दिल्ली, २७ वैशाख । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कडा कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार पनि ठिक नभएको कम्पनी सम्बद्ध स्रोतले बताएको...

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
-न्युजभित्तो

संयुक्त राष्ट्रसङ्घ, २६ वैशाख । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् । मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा...

क्यान्सर बिरामीले जिते इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको भाग्यचिठ्ठा
-न्युजभित्तो

अमेरिका, २३ वैशाख । एकजना आप्रवासी अमेरिकी इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको लट्री अर्थात् भाग्यचिठ्ठा जित्ने व्यक्ति बनेका छन् । दक्षिण पूर्वी एसियाली मुलुक लाओसमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका चेङ सेफानले १ अर्ब ३० करोड डलरको पावर बल...

भारतीय शेयर बजारमा एकै झट्कामा लगानीकर्ताले गुमाए ३० खर्ब भारु
-न्युजभित्तो

नयाँ दिल्ली, २१ वैशाख । शुक्रवार भारतीय शेयर बजारमा व्यापक गिरावट देखिएको छ । शुरुआती कारोबारमा शेयर बजारमा शानदार वृद्धि देखिएको थियो । तर सूचकमा अचानक यू–टर्न देखियो । मुख्य शेयर परिसूचक बीएसई सेन्सेक्स शुक्रबारको उच्च बिन्दुबाट २ प्रतिशत...

किर्गिजस्तानमा मिनी ट्रक दुर्घटना हुँदा ३१ बालबालिका घाइते
-न्युजभित्तो

बिस्केक, २१ वैशाख । दक्षिणी किर्गिजस्तानमा बिहीबार एक उत्सव कार्यक्रममा विद्यार्थीहरूको समूहलाई मिनी ट्रकले ठक्कर दिँदा ३१ जना बालबालिका घाइते भएको आन्तरिक मामिला निर्देशनालयले जनाएको छ । जलाल अबाद क्षेत्रको सुजाक जिल्लामा मानस नामको एक कार्यक्रममा सहभागी बालबालिकाहरु घाइते भएका...

पाकिस्तानमा बस दुर्घटना, २० को मृत्यु, २१ घाइते
-न्युजभित्तो

पाकिस्तान, २१ वैशाख । पाकिस्तान अधिकृत कश्मिरको गिलगिट–बाल्टिस्तानको डायमर जिल्लामा यात्रु बस साँघुरो पहाडी सडकमा दुर्घटना भई खोलामा खस्दा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै २१ जना घाइते भएका छन् । प्रहरीका अनुसार शुक्रबार बिहान ५ः३० बजे डायमरको काराकोरम राजमार्गको...

यूएईमा फेरि भीषण वर्षा, अत्यावश्यकबाहेक ड्राइभिङ्ग नगर्न सूचना
-न्युजभित्तो

दुबई, २० वैशाख । युनाइटेड अरब इमिरेट्रसमा विहीबार बिहानैदेखि अचाक्ली वर्षा भएको छ । अबुधावी र दुवई क्षेत्र वर्षाबाट बढी प्रभावित भएको जनाइएको छ । दुवईका बासिन्दा बिहान उठ्दा हुरी, आकाशमा गडगडाहट र चट्यांङ्गको अवस्था रहेको थियो । मौसम प्रक्षेपणभन्दा...

बार्सिलोनामा नेपालीहरुले नेपाल तथा भरतपुर भ्रमणको बाँडे निम्तो
-न्युजभित्तो

स्पेन, ११ बैशाख । नेपाल तथा भरतपुर भ्रमणका लागि स्पेनमा रहेका नेपालीहरुले निम्तो बाँडेका छन् । बार्सिलोना स्थित साग्रदा फामिलिया अगाडि बार्सिलोना नगरपालिका, साँस्कृतिक विभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च स्पेनको आयोजनामा आयोजित झनेपाल पर्यटन प्रवर्द्धन तथा नेपाली...