सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारीलाई एयरलाइन्सले गर्‍यो बर्खास्त


  •    न्युजभित्तो/२७ बैशाख २०८१, बिहीबार १३:२९ 
  • नयाँ दिल्ली, २७ वैशाख । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कडा कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार पनि ठिक नभएको कम्पनी सम्बद्ध स्रोतले बताएको छ ।

    दुई दर्जनभन्दा धेरै कर्मचारीहरूले सामूहिक बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका धेरै उडान रद्द गर्नुपरेको थियो । यसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको थियो ।

    कुव्यवस्थापनको आरोपमा कर्मचारीले लिएका थिए सामूहिक बिदा

    टाटा समूहको स्वामित्वमा रहेको एयर इन्डिया एक्सप्रेसका केबिन क्रूले कम्पनीमा कूव्यवस्थापनको विरोधमा बुधबार सामूहिक बिदा लिएका थिए । दुई सयभन्दा बढी कर्मचारीले एक साथ बिदा लिँदा कम्पनीको उडान सञ्चालनमा गम्भीर असर परेको थियो भने कम्पनीले सयभन्दा बढी उडान रद्द गर्नुपरेको थियो । जसका कारण हवाई यात्रुहरूले निकै सास्ती खेप्नु परेको छ ।

    मिडिया रिपोर्टका अनुसार मंगलबार एयर इन्डिया एक्सप्रेसको सञ्चालन लगभग ठप्प हुँदा करिब १५ हजार यात्रु प्रभावित भएका थिए । एयर इन्डिया एक्सप्रेसले खाडी देशहरूमा सबैभन्दा धेरै उडानहरू गर्दछ । केबिन क्रुको अभावका कारण भारतबाट खाडी मुलुक जाने धेरै उडान रद्द भएका थिए । एयर इन्डिया एक्सप्रेसले घरेलु र अन्तर्राष्ट्रिय रूटमा करिब ३६० ओटा उडान सञ्चालन गर्छ ।

    सरकारले माग्यो प्रतिवेदन

    ठुलो सङ्ख्यामा उडान रद्द भएर यात्रुहरूलाई भएको असुविधालाई विचार गरेर नागरिक उड्डयन मन्त्रालयले बुधबार एयर इन्डिया एक्सप्रेससँग स्पष्टीकरण मागेको छ । कर्मचारीहरूसँगको विवाद तुरुन्त समाधान गर्न पनि कम्पनीलाई भनिएका छ । कोच्ची, कालीकट, दिल्ली र बेंगलुरुलगायत धेरै विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको उडान अवरुद्ध भएको थियो । दिल्ली एयरपोर्टमा मात्रै बुधवार साँझ ४ बजेसम्म जम्मा १४ उडान रद्द भएका थिए । कम्पनीका उडानहरूमा कटौती मे १४ सम्म जारी रहन सक्ने बताइएको छ ।

    कर्मचारी आन्दोलनको कारण के हो ?

    एयर इन्डिया एक्सप्रेसको केबिन क्रूको कर्मचारी सङ्गठनले कम्पनीमाथि कुव्यवस्थापन र असमान व्यवहार गरेको आरोप लगाएको छ । कर्मचारीहरूले एयर इन्डिया एक्सप्रेस, एयर इन्डिया एक्सप्रेस कनेक्ट र विस्तारा एयरलाइन्सको विरोध गरिरहेका छन् । यसअघि विस्तारा एयरलाइन्सका पाइलटहरू सामूहिक बिदामा बस्दा एयरलाइन्सका १५० भन्दा बढी उडान अवरुद्ध भएका थिए । टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनलाई पठाइएको पत्रमा विमान सेवा कम्पनीको कर्मचारी सङ्गठनले कर्मचारीबिच व्यवहारमा समानता नभएको चर्चा गरेका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.