सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतीय शेयर बजारमा एकै झट्कामा लगानीकर्ताले गुमाए ३० खर्ब भारु


  •    न्युजभित्तो/२१ बैशाख २०८१, शुक्रबार १७:०३ 
  • नयाँ दिल्ली, २१ वैशाख । शुक्रवार भारतीय शेयर बजारमा व्यापक गिरावट देखिएको छ । शुरुआती कारोबारमा शेयर बजारमा शानदार वृद्धि देखिएको थियो । तर सूचकमा अचानक यू–टर्न देखियो । मुख्य शेयर परिसूचक बीएसई सेन्सेक्स शुक्रबारको उच्च बिन्दुबाट २ प्रतिशत अर्थात् १ हजार ४३४ अङ्कले घट्यो ।

    अर्को मुख्य परिसूचक निफ्टी पनि उक्त दिन अहिलेसम्मकै उच्च स्तरबाट १ दशमलव ४ प्रतिशत अर्थात् ४०० अङ्कले घटेको थियो । दिउँसो १ बजे निफ्टी २५० अङ्कले घटेर २२ हजार ४०० मा आएको थियो । सोही समयमा सेन्सेक्स पनि ९१६ अंकको कमीसहित ७३ हजार ६९५ अंकमा थियो । बीएसईमा सूचिकृत कम्पनीको बजार पुँजीकरण ३० खर्ब भारुले घटेर ४ हजार ५८ खर्ब ३० अर्ब भारुमा आयो ।

    शुक्रवार बिहान अचानक शेयर बजारमा भएको वृद्धिपछि लगानीकर्ताहरूले मुनाफा कमाउन आफूसँग भएको शेयर धमाधम बेच्न थालेपछि बजार दबाबमा आएको हो । विदेशी संस्थागत लगानीकर्ताहरूले भारतीय शेयरमा गरेको ९ अर्ब ६३ करोड भारु लगानी फिर्ता लैजाँदा पनि बजार दबाबमा आएको बताइएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.