सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु


  •    न्युजभित्तो/६ जेष्ठ २०८१, आईतवार १५:५१ 
  • बेइजिङ, ६ जेठ । चीनमा एक जना पुरुषले व्यायाम गर्दागर्दै ज्यान गुमाएका छन् । चिन स्ट्रयापमा च्यापुलाई अड्काएर व्यायाम गर्ने क्रममा ५७ वर्षका ती पुरुषको मृत्यु भएको हो ।

    विगत एक दशकयता चीनमा अनौठा खालका व्यायामहरू अभ्यासमा आइरहेका छन् । त्यसै मध्ये एउटा हो चीन स्ट्रयाप व्यायाम । यसमा छालाको चिन स्ट्रयापको भरमा सारा शरीरलाई झुन्ड्याइन्छ ।

    ढाडको दुखाई कम गर्न यो व्यायाम सुरु गरिएको थियो । यो व्यायामको आविष्कार सन् २०१७ मा शेन्याङका सन रोङचुन नाम गरेका एक पुरुषले गरेका थिए । छिटै चीन भरका पार्क र जिम घरहरूमा यो व्यायाम छ्यापछ्याप्ती बन्यो । च्यापुकै भरमा सारा शरीरलाई हावामा झुन्ड्याएर व्यायाम गर्नु सुरक्षित त पक्कै होइन ।

    तर यसको अभ्यास गर्नेहरूले भने यो व्यायाम गर्धन र ढाडको दुखाई चमत्कारपूर्ण रूपमा काम हुने दाबी गर्छन् । डाक्टरहरूले वर्षौदेखि यो व्यायामको खतराबारे चेतावनी दिइरहेका थिए । गलत तरिकाले यो व्यायाम गर्दा ज्यानै जान पछिल्लो घटनाले पनि देखाएको छ । ५७ वर्षीय ती पुरुषलाई चीन स्ट्रयापमा चिउँडो अड्काउनुको सट्टा घाँटी अड्काएका थिए । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.